निर्देशन पालना नगरेकोमा समिति मन्त्रालयसँग असन्तुष्ट


प्रकाशित मिति :2015-12-13 15:16:23

चन्द्र बानियाँ

काठमाडौं, मंसिर २७ । व्यवस्थापिका संसद अन्तर्गतको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले दिएको निर्देशन कार्यान्वयन भए नभएको सम्बन्धमा आज महिला, बालबालिका, तथा समाज कल्याण मन्त्रालयसंग स्पष्टिकरण लिएको छ ।

सिंहदरवार स्थिति समितिको कार्यालयमा भएको बैठकमा उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सी पी मैनालीसहित मन्त्रालयका उच्च अधिकारीलाई बोलाई समितिले, मन्त्रालयर्ला दिइएका महत्वपूर्ण निर्देशनहरू कार्यान्वयन भएको नपाइएको भन्दै छिटो कार्यान्वयनमा ल्याउन पुन निर्देशन दिइएको छ ।

समितिले महिला, बालबालिका र जेष्ठ नागरिक सम्बन्धी विद्यमान ऐनहरूमा आवश्यक संशोधन विधेयकहरू तयार पारी यथासक्य चाडो सदनमा पेश गर्ने व्यवस्था गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई एकद्धार प्रणाली अनुरुप नियमन तथा संचालन गर्ने प्रावधान सहित समाजकल्याण परिषद सम्बन्धी विद्यमान ऐन कानूनलाई समयानुकुल परिमार्जन गरी यथाशक्य चाडो सदनमा पेश गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी समितिले जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को कार्यान्वयन अवस्था तथा जेष्ठ नागरिक र अपाङ्गहरूको संख्या र उनीहरूलाई राज्यले उपलव्ध गराउने भत्तालगायत अन्य सुविधाको रकम सहितको विवरण यथाशिघ्र समितिलाई उपलव्ध गराउन महिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले मन्त्रालयको क्षेत्र ठूलो र गहन भएपनि महत्व बढाउने गरी कार्य गर्न नसकिएको आफूलाई पनि महसुश भएको बताउनु भयो  ।

प्रकाशित मितिः २०७२ मंसिर २७ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: