किशोरी आमाबाट जन्मिएका शिशु कुपोषित


प्रकाशित मिति :2015-12-14 10:30:16

महिला खबर
नेपालगन्ज, मंसिर २८ । बाँकेको राप्तीपारीका गाविसमा किशोरी आमाबाट जन्मिएका अधिकांश शिशु कुपोषित रहेको पाईएको छ । यहाँ ३० प्रतिशतबढी शिशु कुपोषित जन्मिने गरेका छन् ।  सानैमा विवाह गरेर किशोरी उमेरमै बच्चा जन्माउनाले कम तौलका कुपोषित शिशु जन्मिरहेको उपस्वास्थ्य चौकी, बैजापुरका इञ्चार्ज हिरामणि गुरौ थारुले बताउनुभयो ।

आर्थिक वर्ष ०७१/७२ मा जन्मिएका २ सय ३५ मध्ये ३० प्रतिशत शिशु कम तौलका थिए । यो आर्थिक वर्षमा १ सय २२ जनाले चार पटक गर्भवती जाँच गराएका छन् ।  सरकारले ४, ६, ८ र ९ महिनामा गर्भ जाँच गराउनेलाई भत्ता दिने गर्दछ । साउनयता ८२ जना सुत्केरी भएका छन् ।तीमध्ये २५ जनाले कम तौलका कुपोषित शिशु जन्माएका छन् । ८२ मध्ये ५० जनाले नियमित गर्भ जाँच गराएका थिए ।

बैजापुरमा औसतमा दुई किलो तीन सय ग्रामका शिशु जन्मिने गरेका छन् । जन्मिँदा दुई किलो पाँच सय ग्राम तौल भएको शिशुलाई स्वस्थ मानिन्छ । यहाँ १३ वर्षमै सुत्केरी हुने गरेकोसमेत पाइएको छ । गतवर्ष सुनिता थारुले १३ वर्षकै उमेरमा शिशु जन्माएको उपस्वास्थ्य चौकीले जनाएको छ । सुनिताले जन्माएको शिशु भने दुई किलो पाँच सय ग्रामकै थियो ।

त्यस्तै, १९ वर्षकी सपना थारुले एक किलो पाँच सय ग्राम, १८ वर्षकी अमृता थारुले एक किलो आठ सय ग्राम, माया थारुले १६ वर्षमा एक किलो सात सय ग्रामको शिशु जन्माएका छन् । गाविसमा एक १२ वर्षकी किशोरी गर्भवती रहेको उपस्वास्थ्य चौकीले जनाएको छ ।

किशोरीले बच्चा जन्माउनु गाविसकै ठूलो समस्याका रुपमा रहेको इञ्चार्ज थारुले बताउनुभयो । ‘किशोरी आमाले मुसाजत्रो शिशु जन्माउँदा ठूलो समस्या भएको छ,’ –थारुले भन्नुभयो,–‘त्यस्ता शिशुलाई बचाउन पनि गाह्रो हुने गर्दछ । केही शिशुलाई आमा घरमा लगेर बचाइएको छ ।’ बिनौना र फत्तेपुर गाविसमा पनि कुपोषणको समस्या ठूलै छ ।

बिनौनामा साउनयता जन्मिएका ५५ मध्ये तीन कुपोषित छन् । गतवर्ष यो गाविसमा सात प्रतिशत बालबालिका कुपोषित जन्मिएको उपस्वास्थ्य चौकीका इञ्चार्ज देवनारायण उपाध्यायले बताउनुभयो ।

किशोरी अवस्थामा विवाह गर्न नहुने, गरिहाले पनि परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेर २० वर्ष पुगेपछि बच्चा जन्माउने, गर्भ रहेदेखि बच्चा जन्मिएको दुई वर्ष (एक हजार दिन) सन्तुलित भोजन र आराम गर्नुपर्ने बारेमा महिला स्वयंसेविका र सामाजिक परिचालकहरुलाई सुआहारा कार्यक्रमसम्बन्धी पाँच दिने तालिम दिएर कुपोषण हटाउने प्रयास थालिएको छ ।

जिल्लामा रहेका ७ सय ८९ महिला स्वयंसेविका र सामाजिक परिचालक गरी एक हजार जनालाई सुआहारासम्बन्धी तालिम दिइएको हो । तालिम लिएकी बैजापुरकी फूलकुमारी थारुले सानैमा विवाह गर्न नहुने, बच्चाको जन्मान्तर हुनुपर्ने, गर्भ रहेदेखि सुत्केरी हुँदासम्म नियमित जाँच, आइरन चक्की, टिटी सुई लगाउनेदेखि पौष्टिक आहार खुवाउनु पर्ने कुरा सिकाइएको र यही कुरा गाउँ, टोलमा गएर अरुलाई सिकाउने बताउनुभयो ।

प्रकाशित मिति २०७२ मंसिर २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: