मिलापत्र गरेकै घटनामा हिंसा बढी


प्रकाशित मिति :2015-12-14 12:37:09

लक्ष्मी दर्नाल
सुनसरी,मंसिर २८ । धरानमा घरेलु हिंसाका घटनामा वृद्धि भएको इलाका प्रहरी महिला सेलले दिएको तथ्याङ्कले देखाएको छ । इलाका प्रहरी कार्यालय धरानको महिला सेलले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२ / ०७३ सालमा मौखिक र लिखित गरी ४० वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

यसमध्ये २ वटा मुद्दा अदालतमा अंश मुद्धाका लागि पठाईएको प्रहरी नायव निरिक्षक मुना डांगीले बताउनुभयो । ५ महिनाको अवधिमा धरानका विभिन्न क्षेत्रबाट महिला सेलमा धेरै घरेलु हिंसाका घटनाहरू दर्ता भएको उहँको भनाइ छ । यसअघि घरेलु हिंसाका घट्ना थोरै मात्रामा रहेको र सामान्य मुद्दाहरूलाई भने महिला सेलबाटै मिलाएर पठाउने गरिएको उहाँले बताउनुभयो ।

घरेलु हिंसाका कारणमा वैदेशिक रोजगार, अपरिपक्व प्रेम सम्बन्ध, गरिबी, बहुविवाह, व्यक्तिगत चरित्र, रक्सी, झैँझगडा, कुटपिट, धाँकधम्की, लाञ्छना लगायतका घट्नाहरू महिला सेलमा आउने गरेका छन । अघिल्लो वर्षहरूमा सासु बुहारीका घट्नाहरू बढी आउने गरेका थिए भने ०७२ साल श्रावण महिनादेखि श्रीमान श्रीमतीका मुद्धाहरू लिएर महिला सेलमा महिला आउने गरेको प्रहरी नायव निरिक्षक डांगीले जानकारी दिनुभयो ।

12358213_1497169600587516_617072105_n

विवाह भएको ९ देखि १० वर्षको अन्तरालमा यस्ता घरेलु हिंसाका घट्ना हुने गरेको उहाँले बताउनुभयो । यहाँ भन्नुहुन्छ ‘श्रीमान श्रीमती बिचमा धेरै मनमुटाव र कुटपिटका घट्नाहरू यहासम्म आउने गर्दछ ।’ घरमा हुने गरेका साना तिना झै–झगडाले ठुलो रुप लिएपछि घरेलु हिंसाका घट्ना हुने गरेको उहाँले दाबी गर्नुभयो ।

इलाका प्रहरी कार्यालयका डिएसपी सुदम कुमार सिजापतिका अनुसार बढ्दो टेक्नोलोजी र वैदेशिक रोजगारका कारण घरेलु हिंसा बढ्ने गरेको छ । पहिला महिलाले यस्ता हिंसा सहेर बस्ने गर्दथे । तर दिन प्रतिदिन महिला यस्ता समस्या नलुकाई खुलेर इलाका प्रहरी कार्यालयमा आउने गरेका कारणले पनि महिला हिसांका घट्नाहरू बढ्को देखिएको हो उहाँले भन्नुभयो ।

महिलाका हकहितमा काम गर्दै आएको महिला सञ्जाल धरानमा पनि घरेलु हिंसाका मुद्दाहरू आउने क्रम बढ्दो छ । विशेष गरी श्रीमान श्रीमती बिचको घरेलु हिंसाहरू हुने गरेको महिला सञ्जाल धरानकी अध्यक्ष शीला ब्रजचार्यले जानकारी दिनुभयो दिइन् । उहाँका अनुसार गत साउन महिनादेखि मंसिरसम्म १ सय वटा भन्दा बढी घरेलु हिंसाका मुद्दाहरू सञ्जालमा आएको छ ।

कतिपय मुद्दाहरू आपसी सर–सल्लाहबाटै समाधान हुने गरेका छन् भने कतिपय मुद्दाहरू अदालतसम्म लैजाउनुपर्ने अवस्था पनि आउने गरेको उहाँले बताउनुभयो । मिलापत्र गरेको यस्ता धेरै मुद्दाहरूमै बढी भन्दा बढी हिंसा हुने गरेको सञ्जालको भनाइ छ ।

उहाँले भन्नुभयो ‘ मिलाएरै पठाएका मुद्दाहरूमै फेरि हिंसा दोहोरिने गरेको छ । हिंसा पुनः दोहोरिएपछि महिलाले पटक–पटक तनाव खेप्नुपर्ने अवस्था सृजना हुन्छ, त्यसपछि महिलाले आत्माहत्या गर्ने प्रयास गर्छिन् ।’ श्रीमानकै भरमा बाच्नुपर्ने र आर्थिक अवस्था कमजोर हुने परिवारमा घरेलु हिंसाका घट्ना हुने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति २०७२ मंसिर २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: