साउदीका महिलाले गरे पहिलाेपटक मतदान


१८ जना महिला निर्वाचित

प्रकाशित मिति :2015-12-14 15:05:16

एजेन्सी, मंसिर २८ । स्थानिय निकायकाे निर्वाचनमा साउदी अरवको इतिहासमै पहिलो पटक महिला उम्मेदवार हुनका साथै  महिलाले मतदान गरेका छन् ।   त्यहाँ भर्खरै भएको नगर परिषदको निर्वाचनमा अहिलेसम्म १८ जना महिला निर्वाचित भएको नतिजा बाहिर आएको छ ।

उक्त नगर परिषदको निर्वाचनमा ९ सय भन्दा बढी महिला र लगभग ६ सय पुरुषले प्रतिस्पर्धा गरेका थिए। सल्मा बिन्ट हीजाब ओटिइबी मद्राख नगरमा निर्वाचित भएर साउदीको प्रथम महिला काउन्सिलर बन्न सफल भएकी छन्।

शनिवार भएको साउदीको उक्त निर्वाचनलाई धेरैले ऐतिहासिक क्षण भनेका छन् । उक्त निर्वाचनको मतदानका लागि १ लाख ३० हजार महिलाले नाम दर्ता गरेका थिए।

साउदीका महिलाले अहिले पनि सार्वजनिक स्थानमा जाँदा बुर्का लगाउनु पर्दछ । पहिलो पटक मतदान गर्न पाएका यहाँका महिलाले सवारी साधन चलाउन भने पाउँदैनन् ।

C1

 मतदान गरेर फर्किदै गरेका महिलाले  डीएफए न्युज एजेन्सीसँग भने  ‘मतदान गर्न पाउँदा हामीलाई साह्रै खुसी लागेको छ । अब महिलाको भविष्य प्रति पनि हामी आशावादी छौं ।’

 साउदीकी महिला अधिकारकर्मी  हातुन अल फासी भन्छिन् ‘यो साउदीका महिलाका लागि नयाँ दिन हो।’ महिलालाई भोट दिने अधिकार दिए तापनि निर्वाचनका झन्झटिला प्रक्रियाले गर्दा चुनावमा महिलाको सहभागिता त्यति सन्तोषजनक नभएको त्यहाँका सञ्चार माध्यमहरूको भनाइ छ ।

मतदानका लागि राष्ट्रिय परिचय पत्र र त्यहाँको बासिन्दा हुँ भनेर मतदाताले प्रमाणपत्र अनिवार्य देखाउनु पर्ने प्रावधान राखिएको हुँदा धेरै महिला सहभागी हुन सकेनन् । किनकी त्यहाँका महिलाले अहिलेसम्म परिवारको परिचयका आधारमा काम चलाउने गरेका छन् । त्यहाँ धेरै महिला अहिलेसम्म राष्ट्रिय परिचयपत्र विहिन छन् ।

प्रकाशित मिति २०७२ मंसिर २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: