किशोरीहरूको समग्र अधिकार सुनिश्चत हुन्छ : उपप्रधानमन्त्री मैनाली


प्रकाशित मिति :2015-12-14 16:39:50

नन्दा थापा

काठमाडौं, मंसिर २८ । उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सी पी मैनालीले नयाँ संविधानले किशोरीहरूको समग्र अधिकार सुनिश्चित गरेको बताउनुभएको छ। उहाँले विनाशकारी भूकम्पले घरवारविहिन, परिवार गुमाउन पुगेका र विभिन्न कारणले प्रभावित बनेका बालिकाहरूको शिक्षा, स्वास्थ्य, संरक्षण र समग्र विकासका लागि टेवा पुग्ने किसिमका कार्यक्रमलाई छिटो ल्याउने बताउनु भयो । बालिका शक्ति संयोजन समितिले काठमाडौंमा आयोजना गरेको बालिका सशक्तिकरण सम्वन्धि चित्रकला प्रर्दशनीको उदघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

देशमा उत्पन्न नाकाबन्दी, राजनैतिक द्वन्द्व र अघोषित नाकाबन्दीका कारण बालबालिका तथा किशोरीहरू प्रत्यक्ष प्रभावित भएको भन्दै मैनालीले शिक्षण संस्था बन्द हुनुले बालिकाको शिक्षामा असर परेको बताउनु भयो। मन्त्री मैनालीले किशोरीहरूका लागि सीपमुलक, जीवनउपयोगी, गुणस्तरिय व्यवहारिक शिक्षाको प्रत्याभुती गर्न आफु तत्पर रहने बताउनु भएको छ। उहाँले भन्नुभयो, किशोरीमैत्री समाज निर्माणमा सरकारले ठोस कदम चाल्ने छ।’ किशोरीका समस्या र चुनौतीहरू फरक हुने भएकाले उनीहरू हकहितको संरक्षणको लागि छुट्टै व्यवस्था गर्न आफूबाट कन्जुस्याई नहुने उहाँको भनाइ थियो।

राष्ट्रिय किशोरी सञ्जालका अध्यक्ष मनिका रानाभाटले किशोरीहरू आफैँमा एउटा शक्ति भएकालेे त्यो शक्तिलाई बाहिर ल्याउने वातावरण समाजले गर्न नसकेको भन्दै अव सरकारले अर्थपुर्ण सहभागिताको व्यवस्था गरिन गर्नुपर्ने माग गर्नुभयो । उहाँले आफूमा भएको क्षमता प्रदर्शन गर्न मात्र पाए भोलीको किशोरीको भविष्य सुनिश्चित हुने बताउनुभयो।

बलात्कार, यौन दुर्व्यवहार, बेचविखन तथा ओसारपसार जस्ता अपराधिक गतीविधिहरूमा संलग्नहरूलाई राजनीतिक संरक्षण नदिई कडा कारबाही गरिनु पर्ने र पीडित किशोरीको संरक्षण, उचित मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार तथा क्षतीपुति तत्काल गर्नुपर्ने रानाभाटको भनाइ थियो।

प्रकाशित मितिः २०७२ म‌ंसिर २८ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: