सृजना अर्याल
चितवन, मंसिर २९ । चितवनमा पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको संख्यामा वृद्धि भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मापसे गरी सवारी चलाउनेमा भने महिला भेटीएका छैनन् ।
चालु आर्थिक वर्षको असोजसम्म मापसे गरेर सवारी चलाउनेको संख्यामा कमि देखिएको भएपनि कार्तिक र मंसिर महिनाको २८ गते सम्मको तथ्याङ्क हेर्दा यो संख्या उल्लेख्य मात्रामा वढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस आर्थिक वर्षको मंसिर २३ गते सम्ममा ५ सय जना भन्दा पनि बढीले मादक पदार्थ सेवन गरेर सवारी चलाएको प्रहरीले गरेको छड्के चेकजाचका क्रममा भेटिएका छन् ।
साउन महिनामा ४५ जना, भाद्र महिनामा ६२ जना, असोज महिनामा ३५ जना, कार्तिक महिनामा एक सय ५९ जना र मंसिरको २८ गते सम्म २ सय पुगेको प्रहरीले जानकारी दिएको छ । गत आर्थिक वर्षमा मापसेको कार्वाहिमा ८ सय २६ जना परेका थिए । जसबाट ८ लाख २६ हजार राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख राजन भेटुवाले दिएको जानकारी अनुसार चेजकाजका क्रममा सामाजिक व्याक्तित्व, व्यावसायी, चिकित्सक, इन्जीनियरदेखि कार्यालय प्रमुखसम्मका व्याक्तिहरूले मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएको बताउनुभयो । मादक पदार्थ सेवान गरेर सवारी चलाउने महिला नभेटिएको प्रमुख भेटुवाले बताउनुभयो ।
मापसे गगरी सवारी चलाउने चालकहरूलाई एक रात नियन्त्रणमा लिएर मापसे गरी सवारी चलाउदा हुने क्षतिको विषयमा प्रशिक्षण दिई सोही व्यक्तिको लाइसेन्समा प्वल पारेर दिने गरेको उहाँले बताउनुभयो । उनिहरूबाट हालसम्म ५ लाख राजस्व संकलन भएको प्रहरीको भनाइ छ । चिसो समय बढ्दै गएपछि तुलनात्मक रुपमा मापसे गरेर सवारी चलाउनेको संख्या बढ्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७२ मंसिर २९ गते मंगलवार
Comment Here!