बेलिना थापा
लमजुङ, मंसिर २९ । लमजुङका २३ वर्षीय प्रकाश मिजारलाई हाडनाता करणी गरेकाे अारोपमा प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको उजुरीका आधारमा प्रहरीले बाग्लुङपानी ७ का कुर्पुनका मिजारलाई पक्राउ गरेको हो ।
हाडनाताकै भतिजले जवर्जस्ती करणी गरेको भन्दै आफन्तले उजुरी दिएपछि युवकलाई पक्राउ गरी जवर्जस्ती करणी ऐन अन्तर्गत मुद्दा चलाएको प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक कमलबहादुर रजौरेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घटना शनिवार रातीको हो । महिलाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७२ मंसिर २९ गते मंगलवार
Comment Here!