स्वास्थ्य विषय पढाउन महिला शिक्षकको माग


प्रकाशित मिति :2015-12-15 14:45:11

महिला खबर

नेपालगन्ज, मंसिर २९ । बालबालिका र युवाआमाहरूको स्वास्थ्य सवाललाई मध्यनजर गरी कार्यक्रम लागु गर्न बाँकेका राजनीतिक दल र सरोकारवाला सरकारी तथा गैरसरकारी संघ–संस्थालाई ध्यानाकर्षण पत्र बुझाईएको छ । बालबालिका र युवाआमाको जिल्लास्तरीय भेलामा महादेवपुरी, बैजापुर र कचनापुर गाविसस्थित छलफल कक्षाका सहजकर्ता, सहभागि र बाल स्वास्थ्य समितिका सदस्यहरूले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

महादेवपुरीकी शान्ति चौधरी, बैजापुरकी सूर्या रावत र कचनापुरकी खगिसरा पुनले कार्यक्रममा उपस्थित राजनीतिक दलका नेता, जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला किशोरी सञ्जाल र गैरसरकारी संस्था महासंघलाई ध्यानाकर्षणपत्र दिएका हुन ।

Kishori aama vela

जिल्ला भेलामा सहभागि बालबालिका र किशोरी आमा 

प्रत्येक विद्यालयमा छात्राहरू महिनावारी भएको बेला प्रयोग गर्नका लागि स्यानेटरी प्याडको व्यवस्था हुनुपर्ने, स्वास्थ्य विषय पढाउनको लागि महिला शिक्षक हुनुपर्ने, बालबिवाह मुक्त विद्यालय घोषणा हुनु पर्ने, स्वास्थ्यचौकीमा सुत्केरी आमाको आराम कक्षाको व्यवस्था हुनुपर्ने, हिंसामा परेका महिलालाई व्यवस्थापन गर्नको लागि क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन संयन्त्रको व्यवस्था हुनुपर्ने लगायतका विषय ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

सामाजिक सचेतन सरोकार मञ्च स्याक बाँकेले सञ्चालन गरेको मेरो अधिकार मेरो आवाज कार्यक्रममा सम्वद्ध बालबालिका र युवाआमाको उक्त जिल्ला भेलामा सहभागि दलका नेता र सरोकारवाला निकायले ध्यानाकर्षणपत्रमा पेश गरिएका सवाल जायज भएको भन्दै आ–आफ्नो तर्फबाट आगामी दिनमा सकारात्मक पहलकदमी हुने प्रतिवद्धता जनाए ।

स्याकका टिम लिडर शिवलाल पाण्डेले गाउँमा रहेका आफ्ना समस्या जिल्लास्तरमा सरोकारवाला निकायसँग छलफल गर्दै थप नयाँ कार्ययोजनाको लागि जिल्ला भेला आयोजना गरिएको बताउनुभयो । मेरो अधिकार मेरो आवाज परियोजना संयोजक सोम जि.सी.ले परियोजनाबाट भएका उपलब्धी सार्वजनिक गर्नुभएको थियो ।

प्रकाशित मिति २०७२ मंसिर २९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: