महिला खबर
इलाम, मंसिर २९ । महिलाका लागि वैदेशिक रोजगार सुरक्षित पार्ने उद्देश्यले इलाममा विशेष कार्यक्रम सुरू भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र जिल्ला विकास समितिको संयोजनमा दुई नगरपालिका र १३ वटा गाविसमा वैदेशिक रोजगारमा जान लागेका र गएर फर्किएका महिलाका लागि वर्क इन फ्रिडम कार्यक्रम कार्यक्रम सुरु गरिएको हो ।
विदेशमा कसरी सुरक्षित रहने, जानुअघि अपनाउनुपर्ने वैधानिकता, सुरक्षित तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने बारेमा गाउँ–गाउँमा गएर सचेतना जगाउने काम गरिने जिविसले बताएको छ । यसका लागि ३० जनालाई विशेष तालिम दिइएको कार्यक्रम संयोजक रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जाने अधिकांश महिला असुरक्षित भइरहेको परिस्थितिमा कार्यक्रमबाट महिलालाई सहयोग पुग्ने कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मितिः २०७२ मंसिर २९ गते मङ्गलवार
Comment Here!