लिफ्ट दिने केटा


प्रकाशित मिति :2015-12-16 13:02:31

सुजाता ढुंगाना

Suzata dhunganaगुन्द्रुक खाँदिए जस्तै मान्छे माईक्रोको ढोकामा खाँदिएर उभिएका थिए । छतमा पनि यात्रुको भीड खचाखच थियो । प्रत्येक पटक माईक्रो र टेम्पो चढ्दा सोच्थें देशमा इन्धन समस्या छ म लिफ्ट मागेर यात्रा गर्छु । थोरै भएपनि वृद्धवृद्धा र गर्भवती महिलाले सहज रुपमा यात्रा गर्न पाउँछन् । जब ललितपुरको ज्वागल चोक अगाडि लिफ्ट मागेर यात्रा गर्न बाईक कुरेर बस्थें, आँट फिटिक्कै नआउने फेरि त्यहि मान्छे कोचिएको माईक्रोको डन्डी समाउँदै मनभरी त्रास बोकेर यात्रा गर्थे ।

नोभेम्बर २५, साँझको ६ बजेको थियो, रात पनी कति छिटो पर्नु परेको, म एक्लै त्यो निर्दोष रातसँग रिसाउँदै थिएँ, बसपार्कमा प्राय गाडी सकिँदै गएका थिए, भएको एउटा बसको छत भरी मान्छे थिए , ढोकामा खुट्टा राख्ने ठाँउ थिएन, बसपार्कबाट अगाडि लगनखेल जाने माइक्रो हेरें, माइक्रोको ढोका छेउको डन्डीमा समाउने ठाँउसम्म खाली थिएन । पानी हुन्थ्यो भने पोखिन्थ्यो होला धन्न यात्रु हात पालो पालो गर्दै डन्डी समाइरहेका थिए । माइक्रोको खलासी अझै मान्छे कोच्दै थियो, अलि मिलेर बस्दिनु त, केटाहरू छतमा गएर बसिदिनु ।

कालोमा रातोे रंग मिसिएको डिस्कभर बाइक, बाग्मती अञ्चलबाट भर्खरै निकालेको जस्तै नयाँ थियो । खैरो ज्याकेट र कालो पेन्ट लगाएको हेर्दा अन्दाजी २५/२६ वर्षको लाग्ने केटाले मेरो अगाडि ल्याएर बाइक रोक्यो । कहाँसम्म जाने हो ? उस्को प्रश्न थियो मैले प्रतिप्रश्न गरे तपाई कहाँ जानु हुने हो ? उत्तरमा उस्ले भक्तपुर जाने बतायो । मैले सरी म कुपन्डोल जाने हो जबाफ फर्काए । उस्ले प्रति उत्तरमा माईतिघरसम्म जाने भए म छोडिदिन्छु । सोचें रात परी सक्यो माइतिघरसम्म गए भने त  ३० मिनेटमा हिँड्दै बासस्थान पुग्न सक्छु । हुन्छ भन्दै म बाइकमा बसेँ । रातको समय गाडी पातलो चलेका थिए । सडकमा मोटरसाईकल र बसहरू आफ्नै रफ्तारमा कुरिहेको थिए । बसपार्कबाट भद्रकाली अनी भद्रकालीबाट सिंहदरबार गेट, माइतिघर ५ मिनेटको बाइकको बाटो ।

बाइकको पछाडी बस्न नपाउँदै उस्ले बाइक कुदायो, सुस्तरी सायद गति २० हुन पर्छ । बाइक कुदाउँदै उस्ले प्रश्न गर्‍यो अफिस पुगेर र्फकनु भएको ? हैन साथीहरूलाई भेट्नु थियो । मेरो टाउको उस्को कुममा ठोकियो उस्ले बाइकमा विनाकारण ब्रेक लगायो, उस्ले थप्यो कहाँबाट ढुंगा विचबाटोमा आएछ, पछाडी फर्किएर बोल्यो, मैले कुनै प्रतिक्रिया जनाइँन । उस्को मुखबाट व्हास्स रक्सी गन्हायो । उस्ले आकासेपुलबाट बाटो काटेपछि फर्किएर हेरे ढुंगा थिएन ।

उस्को बाइक कुदाएको देख्दा डर लाग्न थाल्यो, बसपार्कबाट भद्रकाली सम्म आईपुग्दा ३ ठाँउमा अनावश्यक रुपमा ब्र्रेक लगाइसकेको थियो । म घरि उस्को कुममा त घरि हेल्मेटमा ठोक्कीसकेकी थिएँ । सायद स्कुटर नचलाउने भए त्यो ठोक्काई बाटो अफ्ठेरोको कारणले भएको सोच्थें, स्कुटर चलाउँदा र अरुबेला बाइकमा पछाडी चढ्दाको दुबै अनुभब थियो म सँग । आफैँ सजग हुँदै अलि पछाडि सरेर बाइकको पछाडिको भागलाई समाए । फेरि घ्याच्च ब्रेक लगायो, म हुत्तिएँ । मेरो टाउको नराम्रोसँग हेल्मेटमा ठोक्कियो । अनावश्यक रुपमा लगाएको ब्रेक घरि टाउको बजारिन्थ्यो घरि छाती ठोकिन्थ्यो । निकै पटक भएपछि मैले अलि बाटो हेरेर हाँक्नुस न सर भन्दै अनुरोध गरें । अध्याँरो छ गाडी कताबाट आँउछ आउँछ थाहै हुन्न अत्तालिदैं उत्तर दियो ।

सिंहदरबार गेटबाट अगाडि बढ्ने बेलामा बाटो क्रस गर्दै उस्ले प्रश्न गर्‍यो तपाईको नाम के नी ? मलाई उत्तर दिन मन लागेन, नसुने जस्तै गरे, उल्टै आफैँले सोधे यस्तो अवस्थामा नि पेट्रोल चै कसरी पाउनु भयो नि ? उस्ले व्हास्स गन्हाएको मुख पछाडी र्फकाउँदै भन्यो, पेट्रोल पाउन गाह्रो छैन त्यहि अलिकता बढि पैसा तिर्नु पर्ने न हो, सजिलै पाइन्छ ,न लामो लाइन बस्ने झन्झट, न लाइन बसेर नि पाइन्न कि भन्ने चिन्ता, हेर आजभोलि धेरै सजिलो भाछ , देशमा इन्धन समस्या छ भनेर न ट्राफिकले मापसे चेक गर्छ ,न छतको यात्रा जोखिम छ भन्छ जे गरे नि हुने भाछ ,जसरी गाडी चलाए पनि भा छ ।

उस्को कुरामा कुनै प्रतिक्रिया नजनाई माइतिघर वारिनै रोकि दिनु है, उस्लाई अनुरोध गरेँ । उस्ले माइतिघर वारी जेब्राक्रस नजिकै बाइक रोक्यो । तिम्रो नाम के हो ? मलाई फेरि प्रश्न गर्‍यो मैले मेरो नाम बताए, उस्ले आफ्नो गन्ध आउने मुखबाट अनि थर भन्यो, मैले दुबै बताए । म फेसबुकमा रिक्वएस्ट पठाउँछु एसेप्ट गर है भन्दै उ गयो । म आफ्नो बाटो लागें ।

पहिलो दिन लिफ्ट लिएर गरेको यात्रा बसपार्क देखि माइतिघर अनावश्यक ब्रेक लगाउँदा आफैँले पाएको तनाब ७ पटक, रक्सीको गन्ध आउने गरी बोलेको ५ पटक । यी सबै कुरा सम्झँदा साँझको समय लिफ्ट दिएर सहयोग गरेकोमा उस्लाई धन्यवाद दिन मन लागेन । लिफ्ट दिएर सहयोग गर्नु खोज्नु उस्को उदारता थियो वा त्यसरी बाइक हाँक्नु उस्को गलत मनसाय । देशमा चरम इन्धन संकट छ भनेर साँझको समयमा मादक पदार्थ सेवन गरेर वाईक चलाउन उसलाई छुट थियो वा उसले नियम उल्लंघन गरिरहेको थियो । ब्रेकर र ढुंगा नभएको ठाँउमा बाइकको अनावश्यक ब्रेक लगाएर हाँक्नु उस्को बाध्यता थियो वा नियतबस गरेको काम ।

सबै लिफ्ट दिने मानिसले गलत मनासयले दिन्छन् भन्ने छैन । तर, केही गलत मनासयले दिइने लिफ्टले त्यसप्रति नकारात्मक सोच्न र हरेक लिफ्ट दिने सहयोगीहरू प्रति हेर्ने आँखा बदलिदिन्छ । साँझमा मादक पदार्थ सेवन गर्नेहरूको परिक्षण ट्राफिक प्रहरीले गर्दैन भन्दै आफू सम्यमित नहुनुले भोलि दुर्घट्ना निम्त्याउन सक्छ ।

प्रकाशित मिति :२०७२ पुस १ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: