मुख्य सचिवद्वारा शिशु स्याहार केन्द्र शिलान्यास


प्रकाशित मिति :2015-12-16 13:09:44

चन्द्र बानियाँ

काठमाडौं, पुस १ । सिंहदरवार परिसरमा निर्माण हुन लागेको दिवा शिशु स्याहार केन्द्र भवनको मुख्य सचिव डा। सोमलाल सुबेदीले आज शिलान्यास गर्नु भएको छ ।

बहालवाला निजामति कर्मचारीका तीन महिनादेखि तीन वर्षसम्मका शिशुको रेखदेखका लागि  दिवा शिशु स्याहार केन्द्रको निर्माण हुन लागेको हो ।अनुमानित ८८ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको केन्द्रको २०७३ साल जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुइ ब्लकमा गरी निर्माण हुन लागेको दिवा सेवा केन्द्र ३७  जना शिशुलाई राख्न मिल्ने सुविधा सम्पन्न हुनेछ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोग र नेपाल निजामति कर्मचारी श्रीमती संघको व्यवस्थापनमा  २०६८ सालदेखि  नै  सिंहदरवार परिसरमा दिवा शिशु स्याहार केन्द्र संचालन हुंदै आएको छ ।केन्द्रमा हाल ५८ जना शिशु रहेका र २०० जनाले सेवा लिइ सकेको मन्त्रालयले जनाएको छ ।

नयाँ बन्न लागेको भवनको शिलान्यास गर्दै मुख्य सचिव डा. सोमलाल सुवेदीले, भवन बनाउँदा भूकम्प प्रतिरोधी, बालबालिका र अपाङ्गमैत्री बनाउन सुझाव दिनुभयो ।बालबालिकामा गरिएको लगानी भविष्यको लागि हो भन्दै उहाँले शिशु स्याहार केन्द्रबाट हुँदै आएको  काम सह्रानीय रहेको बताउँनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव मधु रेग्मी र सामान्य प्रशासन मन्त्रालयका सचिव टंक शर्माले, शिशु स्याहार केन्द्रका लागि  आवश्यक सहयोग उपलव्ध गराउन मन्त्रालय तयार रहेको बचन दिनुभयो ।

नेपाल निजामति कर्मचारी श्रीमती संघका अध्यक्ष अन्जना सुवेदीले केन्द्रको संचालनले महिला कर्मचारीमा मनोवल र कार्यक्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

शिशु स्याहार केन्द्रको स्थापना पनि महिला आन्दोलनले ल्याएको एउटा महत्वपूर्ण उपलव्धी हो । अधिकारकर्मी महिलाले लामो समयदेखि कार्यस्थलमा शिशु स्याहार केन्द्र स्थापनाको माग गर्दै आएका थिए । सिंहदरवारमा जस्तै शिशु स्याहार केन्द्र प्रत्येक जिल्ला र बढी कामदार हुने क्षेत्रमा खोल्न सके यो पनि महिला सशक्तिकरणको लागि एउटा कोशेढुंगा बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति :२०७२ पुस १ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: