पाठेघरको क्यान्सर नियन्त्रणका लागि खोप


प्रकाशित मिति :2015-12-16 13:54:44

सृजना अर्याल

चितवन, पुष १ । नेपाली महिलामा हुने क्यान्सर मध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुने गरेको पाईएपछि सरकारले पहिलो पटक चितवन र कास्की जिल्लामा खोप अभियान संचालन गर्ने भएको छ। नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी अर्थात् ७० प्रतिशत क्यान्सर पाठेघरको मुखको हुने गरेको छ।

6f418337-3ca4-4276-8eb7-2eba7f78a2dc

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले मंगलवार भरतपुरमा आयोजना गरेको सञ्चारकर्मीलाई अभिमुखिकरण कार्यक्रममा दिईएको जानकारी अनुसार चितवन जिल्लाका आठ हजार बालिकालाई यो खोप दिईने छ।

बालस्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार, विद्यालय जाने कक्षा ६ मा अध्ययनरत विद्यार्थी र विद्यालय बाहिरका १० वर्ष उमेरसमूहका बालिकालाई यो खोप दिईने छ। खोप कार्यक्रम पौष १६ गतेदेखि २२ गतेसम्म संचालन गरिने भण्डारीले जानकारी दिनुभयो।

एचपिभी Human Papilloma Virus  नामक भाइरसका कारण पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण हो। गाभी नामक संस्थाको सहयोगमा प्राप्त ३० हजार भाईरल भ्याक्सिन चितवनका आठ हजार र कास्कीका ६ हजार पाँच सय किशोरीलाई ६ महिनाको अन्तरमा दुई पटक लगार्इंदै छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष संसारभरमा २ लाख ७० हजार भन्दा बढी महिलाहरूको पाठेघरको मुखको क्यान्सरको कारणले मृत्यु हुने गर्दछ। जस मध्ये ८५ प्रतिशत मृत्यु हाम्रो जस्तो विकासोन्मुख देशहरूमा मात्रै हुन्छ। सन् २०१२ को तथ्यांक अनुसार संसारभरमा त्यस वर्ष ५ लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको निदान भएको थियो र यसमा पनि ८५ प्रतिशत विकासोन्मुख देशहरूमा मात्रै पाइएको थियो।

प्रकाशित मितिः २०७२ पुष १ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: