महिला खबर
लमजुङ, पुस १। लमजुङ ताघ्रिङ स्याँगे बजारबाट दुई महिला बेपत्ता भएका छन्। स्याँगेमा विगत डेढ वर्ष देखि ठकुरी गेष्ट हाउस संचालन गर्दै आएकी जमुना कार्की र ताघ्रिङ १ जगत घर भएकी अन्दाजी २८ वर्षीया पारु गुरुङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक शम्भुप्रसाद ढकालले जनाकारी दिनु भएको छ।
एक अर्का मितिनी साइनो लगाएका कार्की र गुरुङद्वय शनिबार राति साँढे ९ बजेदेखि हराइरहेको स्थानिय बासिन्दाले प्रहरीलाई बताएका छन्। पारुको ४/५ वर्षका छोरा रहेको र उसलाई भुलभले सिमलचौर स्थित मामाघरमा छोडेको बताइएको छ। पारुका श्रीमान मलेशियामा छन्। जमुनाका श्रीमानले भने दोस्रो बिहे गरेको स्थानिय बताएका छन्।
उनीहरूको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो।
प्रकाशित मितिः २०७२ पुष १ गते बुधवार
Comment Here!