सिएनएन हिरो बनाउने नेपालीलाई धन्यवाद : डोयन


प्रकाशित मिति :2015-12-16 14:33:02

महिला खबर

काठमाडौं, पुस १। सिएनएन हिरो म्यागी डोयनले आफूसँग रहेका बालबालिकाले ठूलो भएपछि डाक्टर, इन्जीनियर, शिक्षक र राजनीतिज्ञ बनाउने सपना बोकेको बताएकी छन्।

कोपिला भ्यालीले आज काठमाडाै‌मा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डोयनले भनिन् ‘बालकालिकालाई विदेश पठाउने कुनै योजना छैन। उनीहरू ठूलो भएपछि नेपालकै लागि काम गर्नेछन्।’

?

याे पनि पढ्नुस

आमाको पर्खाइमा अनाथहरू

उनले सिएनएन हिरो बनाउन मत दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिँदै भनिन् ‘आफूले जितेको सिएनएन हिरो २०१५ अवार्ड कोपिला भ्यालीका बालबालिका र सम्पूर्ण नेपालीलाई समर्पित गर्दछु।’ उनले अहिले ५१ जना अनाथ बालबालिकालाई आश्रय दिएकी छन्।

अमेरिकामा जन्मिएर नेपाललाई आफ्नो घर बनाएकी डोयनले सञ्चालन गरेको कोपिला भ्यालीमा अहिले ४ सय विद्यार्थीले अध्ययन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइन्।

प्रकाशित मितिः २०७२ पुस १ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: