विवाह पञ्चमी महाेत्सवमा राष्ट्रपति भण्डारी


प्रकाशित मिति :2015-12-16 16:48:02

महिला खबर

धनुषा,  पुस १ । राष्ट्रपति विद्यादेवी भण्डारीले युगौँयुगदेखि चलिरहेको ऐतिहासिक तथा धार्मिक महत्वको विवाह पञ्चमी महोत्सव नेपाल र भारत दुई देशको मित्रताको प्रतिकको रुपमा रहेको बताउनुभएको छ । आज जानकी मन्दिरमा पूजापछि  राष्ट्रपति भण्डारीले नेपाली सभ्यता र सँस्कृतिको रुपमा रहेको  विवाह पञ्चमी महोत्सवलाई जीवन्त बनाइराख्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुर अञ्चल प्रहरी कार्यालय आउनुभएकी राष्ट्रपति भण्डारी विहान ११ः ५५ बजे दर्शनका लागि जानकी मन्दिर पुग्नुभएको थियो । राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पूजाअर्चना गरी आजै राजधानी फर्किनु भएको छ ।

राष्ट्रपति भण्डारी जनकपुर आएपछि बिहानैदेखि जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन गरेपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । राष्ट्रपति भण्डारी मन्दिर परिसरबाट निस्कन लाग्दा मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा  समेत गरेका थिए । प्रहरीको कडा सुरक्षा  भएपनि मोर्चाका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

जनकपुरको जानकी मन्दिर, शिव चोक, जनक चोक, भानुचोकसहितका विभिन्न ठाउँमा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास पनि प्रहार गरेको थियो ।

प्रकाशित मितिः २०७२ पुस १ गते बुधवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: