छोरी पढाउन किशोरीहरूको वकालत


प्रकाशित मिति :2015-12-17 13:10:19

महिला खबर
रुपन्देही, पुस २ । रुपन्देहीका किशोरीले छोरी पढाउन वकालत थालेका छन् । विद्यालय जाँदै नगएका र विद्यालय गएपनि पढाइ बीचमै छोडेर घरको काममा लागेका  छोरीहरूको शिक्षाका लागि उनीहरूले वकालत थालेका हुन् । जिल्लाको कम्हरिया, असुरैना, बगौली, बोगडी, रायपुर, बोधबार, वसन्तपुर, बगाह, पजरकट्टीलगायतका १५ गाविसका किशोरीहरू वकालतमा जुटेका छन् ।

 1afe73cf-762f-422c-bfc5-99551b20fbc0

छोरी पढाउन वकालतमा जुटेका किशोरीहरू 

कम्हरियाको बरेवा गाउँमा मात्रै बीचमा पढाइ छोडेका १६ जना किशोरी अहिले बरेबा उच्च माविमा भर्ना भएर पढ्न थालेका छन् । आफूहरूले पटक पटक  पहल गर्दापनि विद्यालयमा ल्याउन नसकेका छात्रा पढ्न आएपछि प्रधानाध्यापक अब्दुल अन्नाहन खान अहिले निकै खुसी हुनुहुन्छ । ‘किशोरीहरूले साँच्चै राम्रो काम गरे । पढ्न स्कुल ल्याउनै नसकेकालाई ल्याएर देखाए’ उहाँले भन्नुभयो ।

कम्हरियाजस्तै रुपन्देहीको १५ गाविसबाट किशोरीको पहलमा बीचमा पढाइ छोडेका करिब २ सय बालिका यो वर्ष  विद्यालय गएका छन् । विद्यालय जाने उमेर भएपनि विद्यालय जान नपाएका १ सय बढी बालिका पनि विद्यालयमा भर्ना भएका छन् । विद्यालय छोड्ने अवस्थामा पुगेका बालिकालाई टिकाउन पनि छलफल र सहयोग गरिरहेका छन् । २ वर्षअघि स्ट्रोम फाउण्डेसन र एवीसी नेपालले संवाद कार्यक्रम मार्फत उनीहरूलाई संगठीत गरेको हो । जसमा २६ संवाद केन्द्र स्थापना भई सञ्चालन भइरहेको  छ ।

६ सय ७८ किशोर किशोरी केन्द्रमा आवद्ध छन् । कार्यक्रम मार्फत संवाद कक्षा चलाएर दैनिक रुपमा उनीहरूलाई समस्या पहिचान गर्न र ती समस्या समाधान गर्न आफैँले पैरवी गर्ने सीप सिकाएको हो । पैरवी र वकालतको सीप सिकेपछि गाउँका किशोरीहरू जुटेर त्यसयता निरन्तर जुटेको किशोरी सञ्जालकी सदस्य रेश्मा हरिजनले बताइन् । ‘एक दुई जनाले छोरी पढाउनु प¥यो भन्दा गाउँका अभिभावकले मान्नुभएन ’ उनले भनिन् ‘तर सबै गएर छोरी नपढाउँदा हुने बेफाइदा र पढाउँदा हुने फाइदाबारे सम्झाउन थालेपछि उहाँहरू आफ्ना छोरीलाई स्कूल पठाउन तयार हुनुभयो ।’
stationary distribution

 किशोरीहरूको सिफारिसमा विपन्न छात्रालाई शैक्षिक सामग्री वितरण गरिँदै 

सबैका लागि शिक्षा भन्ने राष्ट्रिय नारा घन्किए पनि तराईका गाउँमा गरिबीका कारण विद्यालय नजाने बालबालिका धेरै छन् । विद्यालय जाँदै गरेका बालबालिका पनि बीचमै विद्यालय छोड्न वाध्य छन् । किशोरीले आफ्नो गाउँमा गरीबीले  विद्यालय  जानै  नसक्ने र विद्यालय छोड्न लागेका बालबालिकाको सुचि तयार पारी  उनीहरूलाई शैक्षिक सामग्रीका लागि सहयोग जुटाउने काममा सक्रिय छन् ।

जिल्ला शिक्षा कार्यालयको समन्वय र किशोरीहरूको सहभागितामा यो वर्ष एवीसी नेपालले  ४ सय १९  जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  शैक्षिक सत्रको सुरुवातमा जिल्ला शिक्षा कार्यालयले भर्ना अभियान चलाउँदा ती विद्यालय तथा किशोरीहरूले विद्यालय ल्याउन जोखीममा रहेका बालबालिकाको सुचि निकालेका थिए । त्यही सुचिका आधारमा रुपन्देहीका १३ र नवलपरासीका १५ गाविसका बालबालिकालाई शैक्षिक सामग्री बाँडिएको कार्यक्रम संयोजक मनोज लामिछानेले बताउनुभयो । सुचिमा रहेका बालबालिका मध्ये पनि अति विपन्नको पुनः सुचि बनाएर शैक्षिक सामग्री बाँडिएको उहाँले बताउनुभयो ।

शैक्षिक सामग्री पाउनेमा रुपन्देहीका १ सय ९० र नवलपरासीका २ सय २९ जना विद्यार्थी थिए । बालबालिकाहरूले विद्यालय पोशाक, झोला र एक वर्षलाई पुग्ने स्टेशनरी लगायतका शैक्षिक सामग्री पाएकाले पनि गरिबीका कारण स्कुल नजाने बालबालिका बालबालिका विद्यालय जान थालेका छन् । किशोरीको यो अभियानले एक गाउँ र एक क्षेत्र मात्रै नभएर रुपन्देहीको समग्र शिक्षामै ठूलो सहयोग पुगेको रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताउनुभयो ।

प्रकाशित मिति :२०७२ पुस २ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: