महिला हिंसाविरुद्ध विद्यालयस्तरीय अभियान


प्रकाशित मिति :2015-12-17 13:25:40

महिला खबर
नेपालगन्ज, पुस  २ । महिला हिंसा न्यूनिकरणको लागि बाँकेमा अनेमसंघले विद्यालयस्तरीय अभियान सञ्चालन गर्ने भएको छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा महिला हिंसाविरुद्ध विद्यालयस्तरीय कार्यक्रम गरेर घरघरमा सचेतना फैलाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको अनेमसंघ बाँकेकी कार्यवाहक अध्यक्ष इता अर्यालले जानकारी दिनुभयो ।

‘हामी १६ दिन मात्र होईन ३६५ दिन नै संगठनलाई महिला हिंसाविरुद्धको अभियानमा लगाउँदै आएका छौँ ।’ अर्यालले भन्नुभयो–‘महिला हिंसाविरुद्ध अभियानको साथसाथै स्थानीय निकायको निर्वाचनमा महिला सहभागिता र प्रतिनिधित्व बढाउन पनि लागिपरेका छौँ ।’

अभियानवारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष अर्यालले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा अनेमसंघ बाँकेले हिंसा न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुको साथै संगठनमा आवद्ध महिलासँग अन्तक्र्रिया लगायतका गतिविधि गरेको वहाँले जानकारी दिनुभयो ।

उक्त अवसरमा अनेमसंघकी केन्द्रीय सदस्य शान्ति ढकालले महिला हिंसा न्यूनिकरणका लागि महिलालाई राजनीतिमा सहभागिता गराउँदै सचेतना अभिवृद्धि गर्दै आएको बताउनुभयो ।

अव हुने स्थानीय निर्वाचनमा महिलाको सहभागिता र प्रतिनिधित्वको लागि प्रत्येक निर्वाचन क्षेत्रमा अनेमसंघका ५ सय सदस्य विस्तार गर्ने गरी अभियान सञ्चालन भएको वहाँले बताउनुभयो । अनेमसंघकी अञ्चल सचिव बिजया धितालले अनेमसंघले सञ्चालन गरेको अभियानमा जिल्ला पार्टीले समेत सहकार्य र समन्वय गरे राजनीतिमा महिला सहभागिता बढ्ने बताउनुभयो ।

आगामी चैत्रसम्म संगठनले महिला हिंसा विरुद्धको अभियानका साथसाथै गाउँ तथा क्षेत्रीय कमिटीहरु गठन पुनर्गठन गर्ने लक्ष्य तय गरेको धितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०७२ पुस ३ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: