महिलालाई हर्ने दुष्टिकोणमा परिवर्तन गर्नुपर्छ : महरा


प्रकाशित मिति :2015-12-17 13:38:44

महिला खबरर

कैलाली, पुस २ । हरेक निकायमा महिलाको सहभागिता मात्र नभएर नेतृत्व तह र निर्णयक तहमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

कैलालीमा युएन ओमेन र वेसको सहयोगमा अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको नेतृत्व तह र निर्णयक तहमा महिलाको अर्थपूर्ण सहभागिता विषयक कार्यक्रममा महिला नेताहरूले सो कुरा बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासनिक अधिकृत कमल महराले महिलालाई पुरुषले हर्ने दुष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए । उनले अहिले राजनैतिक क्षेत्रमा महिला नेताहरुको प्रतिनिधित्व राम्रो भएको समेत बताए । उनले महिला नेतूत्व तहमा पुग्न सामजिक,आर्थिक,शैक्षिक रुपमा सवल हुनुपर्ने कुरामा जोड दिए ।

धनगढी उपमहानगरपालिका प्रशासन अधिकृत सुरेन्द्र कार्कीले समाजलाई परिवर्तन गर्ने सक्ने,जिम्मेवारी रुपमा नीति निमार्ण परवर्तन गर्ने सक्ने महिला नेतृत्व तहमा पुग्नु पर्ने बताए ।

अन्तरपार्टी महिला सञ्जाल कैलालीकी अध्यक्ष निर्मला रिजाले विभिन्न सोच,पार्टी महिला भएतापनि एकै विचार र मुद्धा लिएर हिडेको बताईन । नजिकै आउन लागेको स्थानीय चुनावमा आउन महिला सक्षम भएको समेत बताईन् ।

प्रकाशित मिति २०७२ पुस २ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: