खेमा बस्नेत
कैलाली, पुस २ । कैलाली जिल्लामा राहदानी बनाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । वैदेशिक रोजगारका लागि मात्र नभएर अन्य प्रयोजनको लागि विदेश जानको लागि जिल्ला प्रशासन कार्यालय कैलालीबाट राहदानी बनाउनेहरू बढ्दै गएका हुन् । कैलाली जिल्ला प्रशासनको तथ्याङक अनुसार आर्थिक वर्ष २०६९/०७० मा ६ हजार १ सय ३१ जनाले राहदानी बताएका छन् । जसमा ५ सय ६२ महिला रहेका छन् ।
यी मध्ये २ हजार ५ सय ७३ जनाले श्रम स्विकृत लिएर वैदेशिक रोजगारीममा गएका छन् । आर्थिक वर्ष २०७०/७१ मा १० हजार ४ सय ५० ले राहादानी बनाएका थिए । यी मध्ये ८ सय ९२ जना महिला छन् । रहदानी बनाउनेहरू मध्ये पनि ३ हजार ४ सय ३६ जनाले मात्रै श्रम स्विकृत लिएका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७१÷०७२ मा ९ हजार ८ सय ९० जनाले राहादानी बनाएका छन् । महिला ८ सय ८६ जना छन् भने ३ हजार ८ सय ४८ श्रम स्विकृत लिएर वैदेशिक रोजगारको लागि गएको तथ्याङकले देखाउँछ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीयय अधिकृत कमल महराले दैनिक ५० देखि ६० जना राहदानी बनाउन आउने गरेको बताए ।
‘प्रशासनमा दैनिक ५०/६० जना राहादानीका लागि आउँछन् अधिकृत महराले भने राहादानी बनाउनेमा ९० प्रतिशत वैदेशिक रोजगारका लागि बनाउने गरेको अनुमान छ ।’अधिकृत महराले वैदेशिक रोजगारमा जाने महिलाका लागि चुनौती रहेको बताए । ‘महिला विदेशमा असुरक्षित छन । वैदेशिक गन्ततब्य मध्येमा पनि खाडीमुलुकमा महिलाहरुलाई धेरै ग्राहो छ’ उनले भने ।
सुरक्षित आप्रावसन (सामी) प्ररियोजनाका जिल्ला प्ररियोजना संयोजक पञ्चराम चौधरीले घरेलु हिंसामा बृद्धि, आत्महत्या, गर्भपतन, पारिवारिक विखण्डनमा बृद्धि, विदेशमा अनिच्छित गर्भ धारण गरी जन्मेका बच्चाको राष्ट्रियताको समस्या जस्ता वैदेशिक रोजगारले उत्पन्न गरेको चुनौती रहेको बताए ।उनले वैदेशिक विभागमा दर्ता भएका एजेण्ट नेपालभरी ६ सय ९३ रहेको र कैलालीमा १३ जना एजेण्ट रहेको बताए ।
सृजनशिल समाजको सुचना(सिसिएस) र सञ्चार प्रतिष्ठान नेपाले सयुक्त रुपमा आयोजना गरेको अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१५ कार्यक्रममा वैदेशिक रोजगार र यसका चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा भनिएको हो ।
प्रकाशित मिति २०७२ पुस २ गते बिहीवार
Comment Here!