राजनीतिक निकाशका लागि सभामुखद्वारा परामर्श तिब्र


प्रकाशित मिति :2015-12-17 15:46:50

चन्द्र बानियाँ

काठमाडौं, पुस २। सभामुख ओनसरी घर्तीमगरले संसदमा टेबुल भएको संबिधान संशोधन सम्बन्धी विधेयकलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा राय सुझाव लिन राजनीतिक दलका प्रमुख सचेतक, सचेतक, कानून मन्त्री, कानूनविद तथा संसद सचिवालयका पदाधिकारीसँग परामर्श र छलफललाई तिव्रता दिनु भएको छ।

परामर्श तथा छलफल वर्तमान राजनीतिक अस्थिरताको अन्त्यका लागि संविधानको अधिनमा रही संसद बैठक संचालनको कार्यविधि अनुसार कसरी सहज ढंगले अघि बढ्ने र कसरी राजनैतिक सहमति कायम गरी संबिधान संशोधन प्रक्रियाका लागि अघि बढ्ने भन्नेमा केन्द्रित छ।

सिंहदरवार स्थिति सभामुखको कार्यकक्षमा आज भएको छलफलमा सहभागीहरूले मधेश आन्दोलनलाई सम्बोधन गर्दा राष्ट्र र जनताको सर्वाेपरी हितमा हुने गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन सभामुखलाई सुझाव दिएका थिए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख ओनसरी घर्ती मगरले, संविधान संशोधन विधेयकका सम्बन्धमा भोलीदेखि संसद बैठकमा छलफल शुरु गरिने जानकारी दिनुभयो।

उहाँले, बैठकमा सामान्य सैद्धान्तिक छलफल भोलीदेखि शुरु गरिने र बैठकका क्रममा आउने संशोधन प्रस्तावका आधारमा संविधान संशोधन विधेयकले टुंगो पाउने बताउनुभयो। उहाँले, धेरै संशोधन प्रस्ताव आएमा समिति बनाएर अघि बढ्ने र थोरै संशोधन प्रस्ताव आए संसदको बैठकबाटै छिनोफानो गरिने पनि बताउनुभयो।

संविधानकै कारण मुलुक अहिले जटिल अवस्थामा परेकोले यसको जतिसक्दो निकास खोज्न आफू तत्पर रहेको र त्यही अनुसार सबै तह र पक्षसँग वार्ता र छलफलमा तल्लिन रहेको पनि उहाँले स्पष्ट पार्नु भयो।
भारतीय नाकाबन्दीपछि औषधी र अत्यावश्यकीय उपचार सेवा नपाएर खासगरी बालबालिका र महिला मर्ने अवस्था आइरहेकोले आफूलाई गंभिर बनाएको भन्दै सभामुख घर्तीले, संविधान संशोधन गरी मुलुकलाई राजनीतिक निकास दिन आफू जे गर्न पनि तयार रहेको बताउनु भयो।
मुलुकलाई राजनीतिक निकास दिने क्रममा देश, जनता र राष्ट्रियताको सवाललाई आफूले कहिल्यै नभुल्ने पनि बताउनु भयो।सभामुख घर्तीले, संविधान संशोधन गरी मुलुकलाई निकास दिनका लागि आफूले शीर्ष नेतृत्वसँग पनि वारम्बार छलफल गरि रहेको र राजनीतिक सहमतिबाटै यसको हल निकाल्न पनि शीर्ष नेतृत्वलाई आफूले सुझाव दिने गरेको पनि जानकारी दिनुभयो।

उहाँले भूकम्प र भारतीय नाकाबन्दीपछि मुलुक असहज अवस्थामा रहेकोले भूकम्पपछिको पुननिर्माण विधेयक र संविधान संशोधन विधेयकका सम्बन्धमा कोही पनि सत्तापक्ष र प्रतिपक्ष हुन नहुने पनि बताउनु भयो  । पुननिर्माण विधेयक र संविधान संशोधन विधेयक जनता र राष्ट्रको मुख्य सवाल भएकोले प्राकृतिक प्रकोपबाट जनतालाई नुनचुक छर्केको जस्तो भएको बेला सबै दल र राष्ट्रवादीहरू एकतावद्ध हुनुको विकल्प नभएको पनि सभामुख घर्तीले बताउनुभयो।

प्रकाशित मितिः २०७२  पुस २ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: