चित्त बुझे लैजानुस्


प्रकाशित मिति :2015-12-17 16:25:10

महिला खबर 

पोखरा, पुस २ । दशवर्ष अगाडि श्रीमान वित्दा पोखरा भेडी फारामकी चिना नेपालीले श्रीमान वियोगको पीडासँगै आर्थिक संकटको सामाना गर्नु परेको थियो ।  दुई छोराको पठन पाठनदेखि जिविकोपार्जन गर्ने चिन्ताले उनलाई निकै पिरोलेको थियो । तर, उनले हरेस खाइनन् । आर्थिक उपार्जनका लागि फलफुल व्यापार रोजिन् । जसले उनको दैनिकीलाई केही सहज बनाइदियो ।

समय धेरै बदलियो तर, उनको आयआर्जनको बाटो बदलिएको छैन । छोराहरू हुर्के बढे विवाह गरे उनी कान्छा छोरा बुहारीसँगै बस्दै आएकी छिन् । बिहान १० बजे तिर उनी हतार–हतार भारतीय पेन्सन क्याम्प अगाडि आइ पुग्छिन् र हातमा किलो किलो स्याऊ बोकेर पेन्सन बुझेर फर्केकाहरूलाई किन्न आग्रह गर्छिन् ।

?????????????

यसरी बितिरहेको छ उनको दैनिकी साँझ फर्कदा दिनमा चार पाँच सय रुपैया नाफा लिएर जान्छिन् । ‘त्यसै घरमा बसिरहेको भए छोरा बुहारीको मात्रै आस गर्नुपथ्र्यो अहिले हातमा पैसा छ ,इच्छा अनुसारको तरकारी एवं लुगाफाटा किन्न पाएकी छु । छोरा बुहारी पनि खुश म पनि खुश ’ परियारले भनिन् ।

पेन्सन क्याम्पको गेट अगाडि मुस्ताङ्गको ताजा स्याऊ, मात्र १०० रुपैयाँ हेर्नुस् चित्त बुझे लानुस् नत्र कर गर्दैनौ, ग्राहकलाई विश्वस्त पार्दै थिइन् । उनका आत्मविश्वासी शब्दले ग्राहकलाई किन्न बाध्य बनायो । मुसुक्क हाँस्दै १ सयको नोट समातिन र झोलाको स्याऊ दिइन्  ।

‘आफ्नो कमाईबाट प्राप्त सन्तुष्टीलाई खै के सँग दाँज्न मिल्छर ?’ आत्मनिर्भर भएसँगै आत्मविश्वासी पनि देखिन्थिन् उनी । सुरुका दिनहरू श्रीमानसँगै ज्यामी काम गर्दै आएकी सुवित्रि के.सी यतिबेला भने सिजन अनुसारका फलफुल झोलामा बेचेर घर चलाएकी छन् । एक छोराकी आमा सावित्रि विगत १४ वर्षदेखि यस पेशमा रमाइरहेकी छिन् ।

मासिक १२ देखि १५ हजारसम्म आम्दानी हुने गरेको उनले बताइन् । ‘साथिहरू सबै छौँ, सबैजना आफ्नो फलफुल विकाउन कसिन्छौँ । रमाइलो पनि हुन्छ’ उनले हाँस्दै भनिन् । वैदेशिक रोजगारमा गएका श्रीमानले पठाएको पैसा बचत गर्दै आफ्ना लागि आफै कमाइरहेकी छिन्, रामबजारकी सरस्वति सुनारले पनि ।

?????????????

भारतीय पेन्सन क्याम्पको गेट अगाडि अन्य दिदी बहिनीले फलफुल बेचेको देखेर उनले पनि सिको गरिन् र आत्मनिर्भर भएर जिउने बाटो रोजिन् । ‘दिनभर घरमा बस्दा दिक्क लाग्थ्यो’ अहिले दिदिबहिनीसँग ‘कस्ले धेरै बेच्ने भन्दै फलफुल बेच्दा रमाइलो पनि भएको छ, पैसा पनि आएको छ, एकदमै खुशी छु्’ सुनारले भनिन् । त्यसैगरी विगत ६ वर्षदेखि मनसुबाले पनि पेन्सन क्याम्पको गेट अगाडि फलफुल बेच्दै आएकी छिन् । यहि आम्दानिले उनले दुई वटा छोरालाई बोडिङ्ग पढाएकी छिन् ।

उनका श्रीमान पनि वैदेशिक रोजगारीमा छन् । मनसुवाले मासिक १० देखि १५ हजारसम्म आम्दानी हुने गरेको बताइन् । ‘यतिबेला सुन्तला र स्याउको सिजन हो तर, स्याउ बढी बिक्छ । अनेत्र १५० रुपैयाँ किलो छ तर, हामी एक सय रुपैयाँमा मात्र दिन्छौ । हामी किलोमा १५ देखि २० रुपैयाँ मात्रै नाफा खाएर बेच्छौ त्यसैले हामीले धेरै बेच्न सक्छौ ।’ मनसुवाले भनिन् ।

प्रकाशित मिति २०७२ पुस २ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: