लेवननमा काम गरेर फर्केका महिलाको बिलौनाः चरम शोषणमा पर्‍यौं


प्रकाशित मिति :2015-12-17 17:05:41

महिला खबर

काठमाडौं, पुस २। लेवनन्मा काम गरेर फर्केका महिलालाले रोजगारीका क्रममामा आफूहरूमाथि चरम यातना र श्रम शोषण भएको बताएका छन्। पौरखीले आज काठमाडांैमा आयोजना गरेको लेवननमा काम गरेर फर्केका महिला कामदारको सुनुवाइ कार्यक्रममा उनीहरूले घरेलु कामदारका रुपमा काम गर्दा एकछाक खाना खाएर १८ घण्टासम्म काम गर्दापनि तलव नपाएको बताए।

news

सुनुवाइ कार्यक्रममा बोल्दै ३ वर्ष लेवननमा काम गरेर फर्किएकी शान्तिमाया तामाङले मालिकको घरमा साढे तीन वर्ष काम गरेपनि एक पैसा नपाएको बताउनुभयो। दिनको १८ घण्टा एक छाकमात्र खाएर काम गर्दापनि साहुनीले दिनदिनै कुटपिट गर्ने गरेको उहाँले सुनाउनुभयो।
उहाँले भन्नुभयो ‘साहुनीले मलाई आफ्नो अगाडी पर्नै दिँदैनथिन। दिनदिनै कुट्ने र पार्सपोर्ट जलाइदिन्छु भनेर धम्की दिन्थिन्।’ ‘साहुनीको आमाको घरमा समेत गएर काम गर्थे उहाँले भन्नुभयो।’

आफ्नो ३ वर्षको लेवनन बसाइमा नेपालीहरुसँग भेट्न र बाहिर जान नदिएको भन्दै उहाँले मारिदिन्छु भनेपछि साहुनी आफ्ना बच्चालाई स्कुल पुर्‍याउन गएको मौका छोपी भागेर आप्रवासी कामदारमा काम गर्ने स्थानीय संस्थाको शरणमा पुगेको बताउनुभयो। ११ महिना उक्त संस्थाको सेल्टरमा बसेकी शान्तिमायाले उक्त संस्था कै पहलमा नेपाल फर्केपछि ११ महिनाको तलब पाएको जानकारी दिनुभयो।

यसैगरि लेवननमै ६ वर्ष काम गरेर फर्केकी सुचिना बलामीले पहिलाको साहुका घरमा एकछाक खाएर १८ घण्टा काम गरेपनि कुटपीट भएपछि भागेर अर्कै ठाउँमा काम गर्न गएको बताउनुभयो। ‘दुर्घटनामा परेर टाउकोमा ८ वटा टाँका लगाउँदा पनि मैले विहान ५ बजेदेखि राती १२ बजेसम्म काम गर्नुपर्थ्यो’ उहाँले सुनाउनुभयो।

यसैगरि कुनैपनि शारीरिक तथा मानसिक यातना नपाइ १८ घण्टा काम गरेपनि नेपाली महिला कामदारले १५० अमेरिकी डलर मात्रै तलब पाउने गरेको बताएका थिए। चरम श्रम शोषणका बाबजुद नेपाली महिलाले लेबननमा काम गर्न बाध्य भएको उनीहरूले बताए।

सुनुवाइ कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले बैदेशिक रोजगारीका लागि जानुअघि सम्बन्धित देश र आफ्नो कामका बारेमा राम्रोसँग बुझेर मात्र जान सुझाव दिनुभयो। सरकारले लेवननमा रोजगारका लागि प्रतिबन्ध लगाएको भन्दै उहाँले बैदेशिक रोजगारीका लागि सम्बन्धित देशका कानुन कामदारमैत्री छन् की छैनन् हेरेरमात्र त्यस्ता देशलाई कामका लागि अनुमति दिने गरेको बताउनु भयो।

सरकारले अहिले १ सय १० वटा देशलाई बैदेशिक रोजगारीका लागि अनुमति दिएको र मलेशियालगायत खाडीका ७ वटा देशमा राहधानी र टिकट निशुल्क गरेको जानकारी दिनुभयो। उहाँले बेदेशिक रोजगार ऐनलाई अझै प्रभावकारी बनाउन मन्त्रालयले संशोधन गर्ने तयारी गरेको जानकारी पनि दिनुभएको थियो।

पौरखीका अध्यक्ष मञ्जु गुरुङले बैदेशिक राजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारी र गैरसरकारी क्षेत्रबाट प्रयास भएपनि बैदेशिक रोजगारीमा देखिएका समस्याको कारण खोजेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मितिः २०७२ पुस २ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: