असुरक्षित आप्रवासन र बेचबिखनविरुद्ध नाटक


प्रकाशित मिति :2015-12-18 10:20:08

महिला खबर

रुपन्देही, पुस ३ । वैदेशिक रोजगारीका नाममा अवैध रुपमा ओसारपसार र बेचबिखनका घटना वर्षेनी बढ्दै छन् । यसलाई रोक्न सुरक्षित आप्रवासनबारे सुचना दिन र बेचबिखनविरुद्ध बखरदारी गर्न विभिन्न संघसस्था र महिलाले अभियान चलाईरहेकै छन् ।

त्यस्ता अभियानले नयाँ युवालाई भने खासै प्रभाव पार्न नसकेको भन्दै रुपन्देहीका १५ गाविसमा नवयुवा आफैले अभियान थालेका छन् । विभिन्न बहानामा हुने असुरक्षित आप्रवासन, बेचबिखन तथा ओसारपसारलाई रोक्न भन्दै उनीहरूले सडक नाटक देखाउन सुरु गरेका हुन् । त्यसमा पनि धेरैजसो गाविसमा किशोरीले अगुवाई गरेका छन् । ती रुपन्देहीको बगौली, असुरैना, रायपुर, कम्हरिया, बोधबार, पजरकट्टी, वसन्तपुर लगायतका गाविस हुन् ।

DSC00302

सुरक्षित आप्रवासन र बेचबिखन विरुद्ध रुपन्देही सदरमुकाम भैरहवामा नाटक देखाईदै । 

नाटकको संयोजन, निर्देशन गर्ने र सहयोगी जुटाएर देखाउने कामको जिम्मा किशोर किशोरी सञ्जालले लिएका छन् । गरीबी र अशिक्षाले धेरै किशोर किशोरी असुरक्षित आप्रवासनमा पर्ने, अवैध ओसारपसार हुने र बेचबिखनमा पनि पर्ने भएकाले नाटक देखाएर रोक्ने अभियान थालेको पजरकट्टी संवाद किशोरी सञ्जालकी अध्यक्ष गुडिया हरिजनले बताइन् । ‘आफ्ना लागि आफैले अभियान थाल्दा प्रभावकारी हुने भएकाले पनि यसो गरेका हौं ।’ उनले भनिन् ।

सुरक्षित आप्रवासनको सन्देश सहित अवैध ओसारपसार तथा बेचबिखन रोक्नभन्दै तयार गरेको सडक नाटक करिब ४५ मिनटको छ । स्थानीयले बुझ्नेगरी भोजपुरी भाषामा संवाद राखेका छन् । फरक–फरक गाविसमा फरक–फरक किशोर किशोरीले अभिनय गर्ने गरेका छन् । नाटक देखाउने काममा लाग्ने खर्च व्यवस्थापनमा एबीसी नेपाल र स्ट्रोम फाउन्डेशनले सहयोग गरेका छन् ।

DSC00308

ती क्षेत्रका गाविस कार्यालयहरूले पनि सहयोग गरेका छन् । कतिपय विद्यालयले बालबालिका जुटाईदिने, स्थान दिने गरेर पनि सहयोग गरेका छन् । गरीबीकाकारण बालिका बेचीएपछि उनले पाएको दर्द नाटकमा जीवन्त देखाएका छन् । जसलाई हेर्ने धेरैका आँखा रसाउँछन् ।
सबैले बुझ्ने भोजपुरी भाषाको नाटक भएकाले पनि नाटक हेर्नेबाट उनीहरूले धेरै प्रसंशा पाएका छन् ।

रुपन्देहीका अधिकांश गाउँमा छोराछोरी र महिला पुरुषबीच भेदभाव छ । यसले पनि महिला अझबढी असुरक्षित आप्रवासनमा पर्ने, अवैध ओसारपसार र बेचबिखन हुने गरेको किशोरी सञ्जालको अनुभव छ । कुनै पनि बहानामा हुने असुरक्षित आप्रवासन र बेचबिखन विरुद्ध चेतना जगाउने आफ्नो लक्ष्य रहेको नाटककी सहजकर्ता धनकुमारी जोशीले बताइन् ।

प्रकाशित मिति : २०७२ पुस ३ गते शुक्रवार

सुरक्षित आप्रवासन र बेचबिखन विरुद्ध रुपन्देही सदरमुकाम भैरहवामा नाटक देखाईदै ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: