महिला खबर
नेपालगन्ज, पुस ३ । बाँकेमा मानव बेचबिखनको उच्च जोखिममा रहेका गाविस र नगरपालिकाका विद्यार्थीलाई मानव बेचविखनविरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको छ ।
माइती नेपाल नेपालगन्जद्वारा बाँके जिल्लाका मानव बेचबिखनको उच्च जोखिममा रहेका गाविस र नगरपालिका समेतका विद्यार्थीलाई मानव बेचबिखनविरुद्ध महिला बालबालिकामा आधारित मानव अधिकारमुखी क्रियाकलापहरू थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि मानव बेचबिखनबिरुद्ध तीन दिनसम्म सचेतना कक्षा सञ्चालन गरिएको हो ।
विद्यार्थीद्धारा कार्ययोजना सहित क्रियाशिलताको प्रतिबद्धता व्यतm गरे अनुरुप बाँकेको रझेनास्थित कृष्ण उच्च माविमा कक्षा ८,९ र १० का विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्लाका अन्य विद्यालयमा समेत यस्तो किसिमको कक्षा सञ्चालन गरिने माइती नेपाल नेपालगन्जका संयोजक केशवराज कोईरालले जानकारी दिनुभयो ।
सचेतना कार्यक्रममा विद्यार्थीलाई श्रव्य र दृश्य सामग्रीहरू मार्फत मानव बेचबिखनको अवस्था कारण, दलालहरुले अवनाउने तौर तरिका, सम्पर्क स्थानहरू, कानुनी व्यवस्था, वैदेशिक रोजगार, सुरक्षित बसाईसराई र मानव बेचविखनविरुद्ध विद्यार्थीको भूमिका लगायतको बारेमा अभिमुखीकरण गरीएको छ ।
उक्त अभिमुखिकण कार्यक्रममा विद्यार्थीद्धारा मानव बेचबिखनबिरुद्ध सक्रिय र सहकार्य गर्ने गरी व्यक्तिगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरू सहित प्रतिवद्धता व्यतm गरेको माइती नेपाल नेपालगन्जका संयोजक कोईरालले जानकारी दिनुभयो ।
व्यक्तिगत तवरबाट आफु सचेत रही परिवार र साथीहरू सबैलाई सचेतना फैलाउने शंकास्पद व्यक्तिहरू र जोखिममा रहेका व्यक्तिहरूको बारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने, चोक, चौतारा पसलहरू समेतमा मानव बेचविखनविरुद्ध छलफल एवं बहस सञ्चालन गर्ने लगायतका कार्यहरू गर्ने बताएका छन् ।
सामुहिक रुपमा मानव बेचबिखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तत्र्रिmया, सडक नाटक, -याली, घरदैलो जस्ता कार्यक्रम गर्ने, मानव वेचविखनविरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ संस्थासँग समन्वय गरी पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परार्महरु प्रदान गर्ने, हिंसामा परेका पीडित प्रभाविहरूलाई आत्मसम्मान पुर्वक बाँच्न पाउने वातावरणसृजना गर्दै पुनस्र्थापनाका लागि क्रियाशिल रहनेलगायतका सामुहिक क्रियाकलाप गर्ने प्रतिवद्धता विद्यार्थीले जनाकाएको विद्यालयका प्राचार्य खुमलाल शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ पुस ३ गते शुक्रवार
Comment Here!