महिला खबर
इलाम, पुस ३ । गर्भ मै रहेको बच्चालाई कुनै पनि शारीरिक अपाङ्गता हुनबाट जोगाउन इलामका २७ गाविसमा गर्भवती महिलालाई जानकारीमुलक शुभकामना कार्ड बितरण गरिएको छ । नवजात शिशुलाई कुनै पनि शारीरिक अपाङ्गताबाट जोगाउनका लागि शुभकामना कार्डमा विभिन्न जानकारी राखिएको छ ।
स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउँदा स्वास्थ्य चौकीका प्रमुख अर्थात् व्यवस्थापन समितिका सचिवले शुभकामना कार्ड उनीहरूलाइ दिने गर्छन् कार्डमा गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य संस्था गई जाँच गराउनुपर्ने, नियमित आइरन चक्कीको प्रयोग, चार महिना लागेपछि जुकाको औषधि, गर्भावस्थामा देखापर्न सक्ने खतराका लक्षण, गर्भ जाँच गराउनका लागि भित्तेपात्रोलगायतका जानकारीमूलक सन्देश राखिएको छ । कार्डमा गर्भवतीले खानुपर्ने विभिन्न पौष्टिक आहारा, बच्चा जन्मिसकेपछि शिशुको स्याहार, स्तनपान आदिका बारेमा समेत उल्लेख गरिएको छ ।
प्रकाशित मितिः २०७२ पुस ३ गते शुक्रवार
Comment Here!