राष्ट्रपतिमाथिको दुर्व्यवहारमा संलग्नलाई कार्वाही हुने


घटना अत्यन्तै खेदजनक

प्रकाशित मिति :2015-12-21 09:25:21

महिला खबर

काठमाडौं, पुस ६ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि  जनकपुरको जानकी मन्दिरमा  गरेको दुर्व्यवहारमा संलग्न दोषीलाई कार्वाही गर्ने भएको छ । सिंहदरबारमा आईतवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रपतिमाथि लगाइएका लाञ्छनाप्रति  निन्दा र भर्त्सना गरेको छ ।

बैठकले राष्ट्रको शीर झुकाउने त्यस्तो अभद्र र असभ्य व्यवहार भविष्यमा नदोहोरिने तर्फ गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कानुनबमोजिम कारबाही हुने निर्णय गरिएको सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरस्थित जानकी मन्दिरमा गरिएको दुर्व्यवहारको प्रयास र त्यसपछि उहाँमाथि मेधसी मोर्चाका कार्यकर्ताबाट सार्वजनिक रुपमा लगाइएका लाञ्छनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उद्योग एवम् कार्यबाहक सूचना, सञ्चार तथा प्रविधि मन्त्री सोमप्रसाद पाण्डेले आईतवार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीमाथि गरिएको दुर्व्यवहारप्रति दुःख व्यक्त गर्दै, दुर्व्यवहार गर्ने र असभ्य लाञ्छना लगाउनेलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको   ’अहिलेको २१ औँ शताब्दीमा महिला, त्यसमाथि राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएको सम्माननीय राष्ट्रपतिमाथि लगाइएको लाञ्छना असभ्यताको पराकाष्ठा, दास युगको र सामन्ती चिन्तनको उपजबाहेक केही हुन सक्दैन्।’

सरकारले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत आरक्षणको व्यवस्थाका लागि संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गरी संवैधानिक रुपमै कानुनी व्यवस्था गराउन र व्यवहारमा कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका राष्ट्रपति भण्डारीमाथि त्यसप्रकारको लाञ्छना लगाउनु खेदजनक र भर्त्सनायोग्य रहेको  विज्ञप्तिमा उल्लेख छ ।

विवाह पञ्चमीमा राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी हुने चलिआएको राष्ट्रिय परम्परालाई निरन्तरता दिने क्रममा राष्ट्रपति त्यहाँ सहभागी हुनुभएको विज्ञप्तिमा जनाइएको छ । ‘त्यस क्रममा उहाँमाथि गरिएको दुर्व्यवहारले हामीले हाम्रा भावी पिँढीलाई कस्तो संस्कार, आचरण र संस्कृति सिकाइरहेका छौँ भन्ने स्पष्ट हुन्छ, यस्ता प्रवृत्तिले तराई मधेसको संस्कृति, परम्परा, रीतिरिवाजलाई समेत आक्रमण गरेको छ’– विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिमाथि गरिएको दुर्व्यवहार एउटी महिलामाथिको मात्र नभएर सिङ्गो महिला जगतमाथिको दुर्व्यवहार हुनुका साथै यस्ता व्यवहार सरकारलाई सह्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः २०७२ पुस ६ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: