बालिका अधिकारमा जवाफदेहिताको खोजी


प्रकाशित मिति :2015-12-21 15:33:20

महिला खबर

नेपालगन्ज, पुस ६ । बालिका अधिकार संरक्षणमा नागरिक समाजको भूमिका जवाफदेही हुनुपर्नेमा नेपालगन्जस्थित सरोकारवालाले जोड दिएका छन् । सरकारी तथा गैरसरकारी संघ–संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू पनि जवाफदेही हुन नसकेको उनीहरूको गुनासो छ ।
सिविन नेपाल, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्ज र बालिका शक्ति नागरिक समाज सञ्जालको आयोजनामा नेपालगन्जमा आयोजित बालिका अधिकार संरक्षणमा नागरिक समाजको भूमिका विषयक कार्यक्रममा यस्तो गुनासो गरेका हुन् ।

?????????????

कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन भएपनि त्यसको प्रभावकारिता नदेखिएको बताउनुभयो । बालबालिकाको क्षेत्रमा कामगर्ने संघ–संस्थाहरूबीच समन्वय सहकार्य गर्दै बालिकाप्रति उत्तरदायी र जवाफदेही हुनुपर्नेमा खरेलले जोड दिनुभयो ।

माईती नेपालका संयोजक केशव कोईरालाले बालिकाको अधिकारको सन्दर्भमा अव सबैले दायित्व बोध गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिविनका क्षेत्रीय संयोजक सिद्धराज पनेरु, महिला तथा बालबालिका कार्यालयकी बिन्दु कुँवर, एडभोकेसी फोरमका बसन्त गौतम, इन्सेकका नारायण सुवेदी लगायतले बालिका अधिकारको पक्षमा संघ–संस्थाबीच सहकार्य र समन्वयमा जोड दिनुभएको थियो ।

प्रकाशित मितिः२०७२ पुस ६ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: