निर्मला ठकुराठी
कञ्चनपुर, पुस ६ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले स्कुल जाँदै गरेका ४५ जना मुक्त कम्लहरीलाइ विद्यार्थी परिचयपत्र वितरण गरेको छ । पुर्णा उच्च माबि ऐरीमा एक कार्यक्रमको आयोजना गरी हस्टेलमा बसेर अध्ययन गरिरहेका ४५ जनालाई जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीले परिचयपत्र वितरण गर्नु भएको हो ।
प्लान नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघको सहयोगमा सम्पन्न परिचय पत्र बितरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धामीले यो महिनामा जिल्लामा रहेका सम्पुर्ण मुक्त कम्लहरीलाइ परिचयपत्र बितरण गरिसक्ने जानकारी दिनुभएको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघका निर्देशक अशाेक बिक्रम जैरुले बिद्यालयमा अध्ययनरत कम्लहरीहरूले बिद्यालय परिवर्तन गर्दा तथा छात्रबृत्तिका लागि आफ्नो परिचय दिनुपर्ने भएकाले उनीहरूलाइ अब सहज हुने तथा परिचय पत्रले कोही पनि कम्लहरी नछुटने र गलत मान्छे नपर्ने बताउनुभयो । परिचय पत्र कम्लहरीको बिद्यार्थी जीवनभरी तथा त्यसपछिका दिनमा पनि आवश्यक परेको ठाउँमा सहयोग गर्ने उहाँले बताउनुभयो । परिचयपत्र बितरण गर्नुमात्रै सबै कुरा नभएको भन्दै उहाले बिभिन्न संघसंस्थाले तथा सरकारले यो बाहेक अरु धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
कञ्चनपुरमा १२ सय ३५ मुक्त कम्लहरी रहेका छन् । कम्लरीको क्षेत्रमा काम गर्ने संस्था कम्लहरी प्रथा उन्मुलन परियोजना र मुक्त कम्लहरी बिकास मञ्च मिलेर मालिकको घरमा काम गरिरहेको अवस्थाबाट उनीहरुको उद्धार गरेको हो । ५ वर्षको अवधिमा १ हजार २ सय ३५ कम्लहरीको उद्धार गरिएको जानकारी कार्यक्रममा दिइएको थियो । यी मध्ये अहिले ५ सय २० जना अध्ययनरत छन । ४१ जनाले एस एल सी पास गरिसकेका छन । ४५ जना होस्टेलमा बसेर अध्ययन गरिरहेका छन् भने ७ सय १५ कम्लहरी बिद्यालय बाहिर रहेका परियोजना अधिकृत बिबेचना बिष्टले बताउनु भएको छ ।
प्रकाशित मितिः २०७२ पुस ६ गते साेमवार
Comment Here!