सरकारद्वारा जनकपुर घटनाको छानबिन गर्न समिति गठन


आयाेगद्वारा दाेषीमाथि कार्वाहीकाे माग

प्रकाशित मिति :2015-12-21 16:50:56

महिला खबर

काठमाडौं, पुस ६ । सरकारले विवाह पञ्चमीका दिन जनकपुरस्थित राम जानकी मन्दिरमा भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य हुनुहुन्छ ।

छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसैबीच राष्ट्रिय महिला आयोगले विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएको आक्रमण, दुव्र्यवहार तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयेगले एक विज्ञप्ति जारी गरी महिला भएकै कारण उहाँमाथि गरिएको यस प्रकारको विभेदपूर्ण, अमानवीय, अमर्यादित व्यवहारले सम्पूर्ण महिलाको अपमान गरेको जनाएको छ । आयोगले कार्यको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मितिः २०७२ पुस ६ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: