महिला खबर
काठमाडाैं, पुस ७ । निकै लामाे लडाइपछि गंगामाया अधिकारीले न्याय पाएकी छन् । सर्वोच्च अदालतले सोमवार अधिकारी दम्पतीको पक्षमा फैसला गर्दै किटानी जाहेरमा परेका गोर्खा फुजेलका छविलाल पौडेललाई थुनामा राख्ने आदेश दिएको छ । दुईवर्ष पहिले चितवन जिल्ला अदालतले आरोपीहरूलाई धरौटीमा छोडेको फैसलाविरुद्ध अधिकारी दम्पतीले पुनरावेदन अदालत हेटौंडामा निवेदन दिएका थिए ।
तर, पुनरावेदनले पनि चितवन जिल्ला अदालतको फैसलालाई सदर गरेपछि न्यायको लडाईंमा एक्ली रहेकी गंगामाया अधिकारीले गत असार १५ गते सर्वोच्चमा निवेदन दिइन् । त्यसपछि उनको मुद्दा सर्वोच्चमा चलिरहेको थियो । मुख्य आरोपी रहेका छविलाल कृष्णप्रसाद अधिकारीको हत्यामा मुख्य योजनाकार रहेको उनीहरुको दावी थियो ।
न्यायधिशद्वय गिरिशलाल चन्द्र र दिपकराज जोशीको संयुक्त इजलासले अभियुक्तलाई थुनामा राख्ने फैसला गरेको थियो ।
अरु आरोपीको हकमा जिल्ला अदालतको फैसलालाई सदर गरेको छ । फैसला पश्चात गंगामाया अधिकारीले मृत आफ्ना पति नन्दप्रसाद अधिकारीलाई धन्यवाद दिँदै छोरालाई आफूसँग आउन आग्रह गरिन । अधिकारी दम्पतिका कान्छा छोरा कृष्ण प्रसादलाई २०६१ जेष्ठ २४ गते चितवनको बकुलहर चौकमा माओवादीले अपहरण पश्चात हत्या गरेको थियो ।
प्रकाशित मितिः २०७२ पुस ७ गते मङ्गलवार
थप जानकारी
Comment Here!