महिला खबर
पोखरा, पुस ७ । महिलालाई अर्थिक रुपमा सशक्त बनाउन पोखरामा महिलालाई मकैको खोस्टाबाट फुल बनाउने तालिम दिन सुरु भएको छ । पोखराको ढाँडा आमा समूहको सहकार्यमा संचालित सो तालिममा २३ जना महिला सहभागी छन् ।
आर्थिक समृद्धिका लागि उद्यमशिलता आजको आवश्यकता भन्ने मुल नारालाई आत्मसात गर्दै कास्की पोखरा हस्तकला संघको आयोजना तथा पोखरा उद्योग बाणिज्य संघ घरेलु तथा साना उद्योग प्रर्वद्धन उपसमितिको संयुक्त आयोजनामा १ हप्ते मकैको खाेस्टाबाट फुल बनाउने तालिम शुरु गरिएको हो ।
सो तालिमको उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्रीय उद्योग बाणिज्य संघका संयोजक संजिव वहादुर कोइरालाले पोखराको आर्थिक समृद्धिमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले सीपलाई व्यवसायिककरण गरेर आर्थिक रुपान्तरणमाम जोड दिन आग्रह गर्नुभयो । महिलाको आत्मनिर्भरता नै आत्मविश्वासको सूचक भएकाले सशक्तिकरणका सीपमुलक तालिमहरू उपलब्धिमुलक हुने कोइरालाले बताउनु भयो ।
कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले घर वरपरका कच्चा पदार्थलाइ प्रयोग गरेर बनाइने हस्तकलाको सामानको बजार विस्तार भइरहेको र पर्यटकले रुचाएको भन्दै हस्तकला आयआर्जनको प्रमुख माध्यम हुने बताउनु भयो । समयको सदुपयोग गर्दै आर्थिक रुपान्तरणमा महिलाले जोड दिए परनिर्भताको अन्त्य हुने उहाँको भनाइ थियो । कलाकार मिलन शेरचनले तालिममा सिकेका कुरालाई व्यवहारसँगै व्यवसायिकरण गर्न जोड दिनुभयो ।
Comment Here!