महिला खबर
एजेन्सी, पुस ७ । भारतमा नेपाली युवती बलात्कार गर्ने ७ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। गत फेब्रुअरीमा ती नेपाली महिलालाई सामूहिक बलात्कार गरेको भन्दै उनीहरूलाई भारतकाे एक अदालतले मृत्युदण्डकाे सजाय सुनाएकाे हो ।
मानसिक रोगबाट पीडित उनकाे स्थानीय एउटा अस्पतालमा उपचार चलिरहेका बेला उत्तरी हरियाणा राज्यबाट हराएकी थिइन् । तीन दिनपछि उनको शव खेतमा भेटिएको थियो ।
पोस्टमार्टम रिपोर्टले उनको सामूहिक बलात्कार गरिएको र अत्यन्त निर्मम रुपले कुटपीट गरी हत्या गरिएको देखाएको बीबीसीले जनाएको छ ।
अदालतको फैसला सुनाउँदै महिला न्यायाधीश सीमा सिंघलले जनतामा एउटा सशक्त सन्देश पुर्याउन चाहेको भन्दै भनिन् ‘यो घटनाका सबै आरोपीहरूलाई म मृत्युदण्डको सजाय सुनाउँदछु, सबैलाई झुण्याइयोस्।’
आफूपनि एक मानव भएको भन्दै सिंघलले आफूले पीडितको चित्कार सुन्न सक्ने बताइन। ‘हाम्रो समाजमा महिलाले अझैपनि पुरुषबाट अपराध र विभेदको सामना गरिरहेका छन्, लैङि्गक विभेद अझै कायम छ¸यो फैसलाले मानिसहरूमा एउटा बलियो सन्देश पुर्याउनु अहिलेको आवश्यकता हो’ उनले भनिन् ।
भारतको सर्वोच्च अदालतले तीन वर्षअघि राजधानी दिल्लीको एउटा बसमा एकजना छात्राको सामूहिक बलात्कार र हत्याको घटनामा दोषी ठहर गरिएका एक नाबालक अपराधीको रिहाइविरुद्ध परेको अपीललाई खारेज गरेकै दिन उक्त आदेश आएको हो।
तस्बिरःबीबीसीबाट
प्रकाशित मितिः २०७२ पुस ७ गते मङ्गलवार
Comment Here!