दलित महिलालाई भोट बैंकका रुपमामात्रै प्रयोग नगर्न आग्रह


प्रकाशित मिति :2015-12-22 15:16:09

महिला खबर

नेपालगंज, पुस ७ । नयाँ संविधानमा महिला र दलितका पक्षमा भएका राम्रा कुराका बारेमा जानकारी दिन र परिमार्जनका सवालमा समिक्षा गर्न नेपालगंजमा दलित महिलाको सम्मेलन सुरु भएको छ ।

नेपालमा विद्यमान जातीय, वर्गीय तथा लैंगिक विभेदको तेहेरो शोषणमा पारिएका दलित महिलाको हक,अधिकार स्थापित गर्न दबाब को आवश्यक पर्ने दलित महिलाले बताएका छन् । उनीहरूले महिला भएकै कारण त्यसमा पनि दलित भएका कारण आफूहरूले दोहोरो मार खेप्न बाध्य भएको बताए ।

दलित महिला संघ (फेडो)को आयोजनामा नेपालगंजमा सुरु भएको नयाँ संविधानमा दलित तथा महिलाका सवाल यसको कार्यान्वयन र चूनौति विषयक कार्यशालामा बोल्दै संघका अध्यक्ष दुर्गा सोबले राजनितिक दलले दलित महिलालाई भोट बैंकको रुपमा मात्र प्रयोग नगरी उनीहरूलाई उचित स्थान दिनुपर्ने बताउनुभयो । उहाँले राज्यका सम्पुर्ण निकायमा दलित महिलाको सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसको कार्यान्वयन मजबुत पक्ष भएको जिकिर गर्नुभयो । जातमा आधारित जातिय भेदभावको अन्त्य आजको आवश्यकता रहेको भन्दै मधेशा केन्द्रित आन्दोलनरत दललाई संविधानमा भएको त्रुटि बारे सचेत गराउनु आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा अधिवक्ता मिरा ढुंगाना ले संविधानमा के के छ भनेर थाहा नपाउनु नै कायान्वयनको चूनौति भएको बताउनुभयो । उहाँले जातिय रुपमा रहेको भेदभावलाई अन्त्य गर्न कतिपय मुल्य मान्यतामा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो ।

विभेदपुर्ण कानुन परिमार्जन गर्न जरुरी भएको भन्दै उहाँले संविधानबारे छलफल समुदायसम्म पुग्न जरुरी रहेको जिकिर गर्नुभयो । कार्यक्रममा ५० जिल्लाका दलित महिला सहभागी छन् ।

प्रकाशित मितिः २०७२ पुस ७ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: