सञ्जिला तामाङ
रामेछाप, पुस ७ । गर्भवती श्रीमती कुटपीट गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापले एकजनालाई पक्राउ गरेकाे छ । कुभुकास्थली गाविसकी २३ वर्षीया प्रमिला नेपालीलाई उनका श्रीमान २५ वर्षीय चित्रबहादुर परियारलगायत परिवारका सदस्यले कुटपीट गरी हत्या गरेको आरोपमा प्रमिलाका माइतीले प्रहरीमा उजुरी दर्ता गरेका पछि मृतकका श्रीमान चित्र बहादुर परियारलाई पक्राउ गरेकाे हाे ।
यहि २ गते मृत्यु भएकी प्रमिलालाई परिवारका सदस्यले विष सेवन गरी आत्माहत्या गरेको बताएका थिए । तर, माइती पक्षले उनीहरूले आत्माहत्या गरेको नभई कुटपीट गरी हत्या गरेको भनि प्रहरीमा उजुरी गरेका हुन् । हत्या र आत्महत्याको विषयमा माइती र घर पक्षबिच विवाद भएपछि सवको पोष्टमार्टम समेत ४ दिनपछि सोमबार मात्र गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रमिलाका श्रीमानविरुद्ध किटानी जाहेरी दता गरेको मृतकका बाबु भिमबहादुर नेपालीले बताउनुभयो ।
गतवर्ष फागुनमा विवाह भएकी प्रमिला पछिल्लो पटक गएको दशैँ अघि माइत आएकी थिइन् । मन्थली सुनारपानी माइती भएकी प्रमिला ३ महिनाकी गर्भवती समेत भएको उनका बाबु भिमबहादुर नेपालीले बताउनुभयो ।
प्रकाशित मितिः २०७२ पुस ७ गते मङ्गलवार
Comment Here!