महिला खबर
नेपालगन्ज, पुस ८ । नेपालगन्जमा सम्पन्न दलित महिला संघ (फेडा)े को चौथो राष्ट्रिय अधिवेशनबाट नँया नेतृत्व चयन भएको छ । मंगलबार अबेर सम्पन्न अधिवेशनबाट कला स्वर्णकारको अध्यक्षतामा १५ सदस्यीय नँया कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा शान्ति पासवान र चमेली परियार, महासचिवमा रेणु सिजापती, कोषाध्यक्ष पुण्यवती रम्तेल, सचिवमा मञ्जु सुनार निर्वाचित भए । यस्तै सदस्यमा पूर्वाञ्चलबाट पाण्डु परियार, मध्यमाञ्चलबाट पवित्रा विश्वकर्मा, पश्चिमाञ्चलबाट सुजाता पौडेल, मध्यपश्चिमाञ्चबाट हिमा सुनार, सुदूरपश्चिमाञ्चलबाट सशी सोव निर्वाचित भए ।
मध्यपश्चिमाञ्चलबाहेक अन्य कार्यसमितिको सर्वसम्मत चयन गरिएको थियो । यस्तै १५ सदस्यीय कार्यसमितिमा चार जना सदस्यमा मनोनित गर्ने व्यवस्था छ ।
अध्यक्षमा निर्वाचित स्वर्णकारले आफ्नो नेतृत्वमा दलित महिलाको राज्यका निकायका सहभागिता, हकअधिकार र पहूँच विकासमा सक्रिय र कटिबद्ध भई लाग्ने बताउनुभयो । समग्र दलित महिलाको शिक्षा, आर्थिक, राजनैतिक, सामाजिक नेतृत्वमा विकास र पहूँचका लागि आफ्नो कार्यकालमा विस्तृत कार्य योजनासहित काम गर्ने उहाँले जानकारी दिनुभयो । दलित महिला संघ फेडोमा २१ सालदेखि संस्थापक अध्यक्षमा भूमिका निर्वाह गर्दै आएकी दुर्गा सोवले नवनिर्वाचित अध्यक्षलाई बधाइ दिँदै कार्यकाल जिम्मेवारी हस्तान्तरण गर्नुभयो
प्रकाशित मितिः २०७२ पुस ८ गते बुधवार
Comment Here!