स्वराेजगारीले बनायाे सुखी


स्वरोजगारबाट समृद्ध महिला भन्छिन्ः ‘सफल हुन श्रीमानको साथ चाहिन्छ’

प्रकाशित मिति :2015-12-23 12:40:36

खेमा बस्नेत
कैलाली, पुस ८ । अत्तरिया नगरपालिका ७ मा बस्ने रिमा चौधरी स्वरोगजार पनि भएकी छन् । वेतवासका सामग्री बनाएर विक्री गर्दै आएकी उनी मासिक २० हजार रुपैयाँभनदा बढी कमाउँछिन् ।
यस अघि छोराछोरीको स्याहारसुसार र घरधन्दामै रिमाको दिन वित्थ्यो । आफ्नो सीप प्रयोगगरी वेतबासको व्यवसाय सुरु गरेपछि उनी सँगै उनको पुरै परिवार स्वरोजगार बनेको छ ।
‘अहिले सबैजना यही काममा लागेका छौं । मासिक २० देखि ३० हजार रुपैयाँससम्म आम्दानी हुन्छ’ रिमाले भनिन् ।
वेतबासबाट टिभी ¥याकहरू, फुलदानी, जुडीदानी र बस्नको लागि मुढाजस्ता सामग्री बनाउने गरेको रिमाले बताइन् ।

फाटफुट रुपमा प्रदर्शनी र खुद्रा विक्रीको लागि सँधै बनाउने भएपनि अर्डरपछि जस्तो र जति सामान पनि बनाउने गरेको उनले बताइन् ।

अहिले उनीकहाँ वेतबासको सामान बनाउनको लागि धनगढी अत्तरिया र महेन्द्रनगरबाट अर्डर आउने गरेको उनको भनाई छ । ‘अहिले धेरै बजार पाइसकेको छैन । धनगढी महेन्द्रनगर र अत्तरियातिरबाट बढी अर्डर आउनेगरेको छ’ रिमाले भनिन् ‘माग भए हामी जता पुर्‍याउन पनि सक्छौं ।’

धरैजसो सामग्री अर्डर अनुसार मात्रै बनाउने गरेको बताउँदै रिमाले सामान बनाउन धेरै समय नलाग्ने बताउँछिन् ।‘मुढा एकदिनमा २/३ वटा बनाउँछु । ठुला सामग्री बनाउन अलि बढी दिन लाग्छ ’ उनी भन्छिन् । अर्डर आए समयमै सेवा दिन सक्छौं ।’

यसअघिसम्म आर्थिक समस्याबाट प्रताडित रिमाको परिवार वेतबासको काम सुरु गरेपछि सुखी र खुसी बन्दै गएको छ ।
खर्चका लागि घरमूली (श्रीमान)को आम्दानीमा भर पर्नुपर्ने भएपनि अब त्यसो नभएको रिमा बताउँछिन् । आफ्नै आम्दानीबाट घर खर्च र छोराछोरीको पढाई खर्च चलाउन सक्षम भएको उनले बताइन् ।

तर, आफ्नो व्यवसायमा श्रीमानको साथ भने पुरै रहेको उनी बताउँछिन् ।
‘श्रीमानले साथ भएन भने कहाँ प्रगति गर्न सकिन्छ र ? उनले भनिन् ‘हामी दुवैको साथ छ, एक अर्काको साथले नै मैले यो व्यवसाय अघि बढाउन सफल भएकी हुँ ।’
परिवारमा श्रीमान–श्रीमतीको एक अर्कामा साथ भए जे काम पनि सफल हुने उनको धारणा छ । परिवारको संरचना दुवैको उपस्थितिले हुने हुँदा काममा पनि एक अर्काको सहयोग चाहिने उनी बताउँछिन् ।

रिमाले वेतबासका सामग्री बनाउँदा उनका श्रीमान पनि बजार खोज्ने र सामग्री जुटाउने काम गरिरहेका छन् । दम्पत्तिको परिश्रमले आफू व्यवसायी हुन पुगेको रिमाको भनाइ छ ।
वेतवासको व्यवसाय सुरु गरेपनि आर्थिक समस्या समेत विस्तारै टरेको उनी सुनाउँछिन् ।
‘सुख भनेको पहिलो पारिवारिक मेलमिलाप र विश्वास हो’ उनले भनिन् ‘मिलेर गरेको काममा सबैको सहयोग हुन्छ र सफल भइन्छ ।’
३ छोराछोरीकी आमा रिमा प्रयास र लगनशिलता भए जुनसुकै काममा सफल भइने बताउँछिन् । आफू सफल हुनुछ भने परिवारको साथ लिएर कामप्रति लगनशील भएर लाग्नुपर्ने अनुभव उनले सुनाइन् ।

प्रकाशित मितिः २०७२ पुस ८ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: