भतिजी वलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2015-12-23 12:48:46

सञ्जिला तामाङ

रामेछाप, पुस ८ । कक्षा ९ मा अध्ययनरत १५ बर्षीया आफ्नै भतिजीलाई वलात्कार गरेको आरोपमा मंगलबार प्रहरीले मन्थली नगरापालिका १ का ५५ बर्षीय जीतबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।

आफ्नै भाइकी छोरीलाई बारम्बार बलात्कार गर्ने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरमा सानैदेखि पालनपोषण गरी हुर्काएकी भतिजीलाई बुढाथोकीले २ वर्ष यतादेखि लगातार वलात्कार गर्ने गरेको खुलासा भएको छ । पछिल्लो पटक गत मंसिर २५ गते उनी वलात्कृत भएको उजुरी प्रहरीमा परेको थियो ।

उजुरी परेपछि पीडित बलिकाको मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्य परीक्षण गराइएको छ । प्रहरी समक्ष बालिकाले आपूm पटकपटक वलात्कृत भएको बताएकी छिन् । पीडित बालिकालाई महिला तथा बालबालिका कार्यालय रामेछाप मार्फत ओरेक नेपालको संरक्षणमा राखिएको छ ।

प्रकाशित मितिः २०७२ पुस ८ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: