महिला खबर
काठमाडौं, पुस ८ । कुरीति अन्त्य समाजले भदौदेखि मंसिरसम्म कुरीतिजन्य हिंसाका १४ वटा घटना सार्वजनिक भएको जनाएको छ ।
समाजले भदौ १ गतेदेखि मंसिर मसान्तसम्म देशभर भएका कुरीतिजन्य घटनाको अभिलेख गरी सार्वजनिक गरेको चौमासिक प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनका अनुसार धर्म, संस्कृतीका नाममा यो ४ महिनामा १४ वटा घटना भएका छन् । समाजका सचिव लोग्शरी कुँवरद्वारा जारी चौमासिक प्रतिवेदनमा यो अवधीमा कथित बोक्सी प्रथा १, बालबिबाहका ६, छुवाछुतका ५, बहु बिबाहका १, छाउपडीको १, गरी १४ घटना सार्वजनिक भएका हुन् ।
देशमा भएको अघोषित नाकाबन्दी र तराईका जिल्लामा यथावत आन्दोलनकाकारण अघिल्लो चार महिना भन्दा यो अवधीमा सञ्चार माध्यममा कुरीतिजन्य हिंसाका घटनासँग सम्बन्धित सामग्रीहरू कम आएको प्रतिवेदनमा जनाइएको छ
प्रकाशित मितिः २०७२ पुस ८ गते बुधवार
Comment Here!