जनकपुर घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


घटनाविरुद्ध सांसदले गरे संसदमा हंगामा

प्रकाशित मिति :2015-12-23 15:07:36

चन्द्र बानियाँ

काठमाडौं, पुस ८ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई केही समय अघि जनकपुरको जानकी मन्दिर भ्रमणका क्रममा स्थानीयबाट भएको अपमान र दुर्व्यवहारलाई लिएर व्यवस्थापिका संसदको आजको बैठकमा हंगामा भएको छ ।

बैठकको शुरुमै महिला सांसदले बोल्नका लागि एक साथ उठेर समय माग्दा बैठकमा एक किसिमको हंगामा नै भयो । प्रत्येक बोल्ने महिला सांसदले विवाह पञ्चमीको दिन राष्ट्रपति भण्डारी जानकी मन्दिरमा जाँदा उहाँको अपमान गर्ने र गाली बेइज्जति गर्ने को हो ? त्यसलाई छिटो कार्वाही गर्नुपर्छ भन्दै कार्वाहीको माग गरे ।

“देशको राष्ट्रपति मन्दिर जाँदा अपमान गर्ने ? ढुंगामुढा गर्ने ? बेइज्जत गर्ने ? मन्दिर परिसरलाई गंगाजलले चोख्याउने” भन्दै महिला सांसदहरूले बोल्ने क्रममा प्रश्न गरे । जनकपुरका वासिन्दाले जे गरे त्यसले राष्ट्रको शिर निहुराएको छ र आम नेपालीको बेइज्जत भएको छ भन्दै महिला सांसदहरूले त्यस्तो हर्कत गर्ने जो कोही भए पनि छानवीन गरी कडा कार्वाहीको कठघरामा ल्याउनु पर्ने माग गरे ।

सांसदहरू सुशिला नेपाल, अनुराधा थापा मगर, मीना पुन, कान्ता भटृराई, सीता नेपाली, गीता क्षेत्री, राज्यलक्ष्मी श्रेष्ठ तथा कमला विश्वकर्मा, रामहरी खतिवडा र प्रेम बहादुर सिंहले राष्ट्रपतिको जानकी मन्दिर भ्रमणका क्रममा गाली बेइज्जति गर्नेलाई तत्काल पक्राउ गरी कार्वाही गर्न र त्यस घटनाका सम्बन्धमा सत्यतथ्य सदनलाई जानकारी गराउन समेत जोडदार माग गरे । सांसदहरूले जनकपुर घटनालाई लिएर चर्काे बिरोध गरेपछि सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको जानकी मन्दिर घटनाका सम्बन्धमा सदनको गंभिर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले यो विषयमा संसदको पुस १२ गते बस्ने बैठकमा जानकारी दिन सरकारलाई रुलिङ्ग गर्नुभयो ।

पुस १२ गते बस्ने संसदको बैठकमा सरकारले जनकपुर घटनाको वारेमा विस्तृत जानकारी दिनु पर्नेछ । संबिधान संशोधन सम्बन्धी विधेयकमाथि पुस १२ गतेदेखि संसद बैठकमा छलफल हुने भएको छ । नेपालको संबिधान पहिलो संशोधन विधेयक २०७२ माथिपनि १२ गतेदेखि नै संसद बैठकमा सामान्य छलफल हुनेछ ।

प्रकाशित मितिः २०७२ पुस ८ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: