महिला खबर
चितवन, पुस ९ । लामो संघर्ष पश्चात नेपाली जनताले पाएको संविधान जनताको सम्पत्ति भएकाले जनताले नै संरक्षण गर्नुपर्ने संघिय मामिला तथा स्थानिय विकास राज्यमन्त्री कुन्ती शाहीले बताउनु भएको छ ।
जनताको संविधान जनता कै माझ मा भन्ने राष्ट्रव्यापी प्रचार अभियानका क्रममा जिल्ला विकास समिति चितवनले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै राज्यमन्त्री शाहीले संविधान पुर्ण नभएपनि संविधानमा धेरै पक्षहरू समेटिएको बताउनुभयो ।
कार्यक्रममा चितवनका सांसद जि.विस चितवनका पूर्व सभापतिलगायतको उपस्थिती रहेको थियो । गत मंसिर २१ गतेबाट सरकारले यो अभियान शुरु गरेको हो ।
प्रकाशित मिति: २०७२ पुस ९ गते विहिवार
Comment Here!