निःशुल्क कानुनी सेवा लिने महिलाको संख्या बढ्दै


प्रकाशित मिति :2015-12-24 12:37:41

महिला  खबर

कैलाली, पुस ९ । कैलालीमा कानुनी सहायता लिने महिलाको संख्या बढेको छ । सरकारले न्युन आयस्रोत भएका पीडित वर्गकाहरूका लागि निःशुल्क कानुनी सेवा दिन थालेपछि सेवा लिने महिला बढेका हुन् ।

सामाजिक कानुनी सहायता केन्द्र धनगढीका कानुन अधिकृत देवीलाल चौधरीले ५ महिनाको अवधिमा ३२ जना महिलाले निःशुल्क कानुनी सेवा लिएका छन् ।त्यसैगरी १ सय ६४ जनाले निःशुल्क कानुनी सेवावारे परर्मश लिएको उहाँले जानकारी दिनुभयो  ।

वार्षिक ४० हजार भन्दा कम आम्दानी भएका पीडितहरूलाई सरकारले निःशुल्क कानुनी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
यसको लागि सेवाग्राहीले आफू वसोबास गर्ने गाविस, नगरपालिकाबाट सिफारिस ल्याउनुपर्ने हुन्छ ।

निःशुल्क कानुनी सेवा पाउने भएपछि केन्द्रमा अहिले पीडित महिलाको आवागमन बढेको छ । खास गरी अशं, सम्बन्ध विच्छेद, बहुविवाह, घरेलु हिंसालगायत मुद्दामा कानुनी सेवा लिने सेवाग्राही बढी आउने गरेको कानुनी अधिकृत चौधरीले बताउनुभयो ।

प्रकाशित मिति :२०७२ पुस ९ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: