महिला खबर
काठमाडौ, पुस ९ । तराई मधेसमा आन्दोलनका क्रममा साउन महिनायता छ जना बालबालिकाको ज्यान गएको केन्द्रीय बाल कल्याण समितिले जनाएको छ । समितिले विज्ञप्तिमा जारी अन्दोलनका क्रममा छ जना बालबालिकाको ज्यान गइसकेको जनाएको हो ।
विभिन्न समूहले आआफ्ना स्वार्थका निमित्त बालबालिकाको प्रयोग गर्ने क्रम जारी रहेको बाल संरक्षणका दृष्टिले अत्यन्त गम्भीर विषय रहँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
कुनैपनि विरोध आन्दोलनमा जोखिममा पर्नेगरी बालबालिकाको प्रयोग बढ्नु अत्यन्त चिन्ता र निन्दाको विषय भएको भन्दै समितिले पछिल्लो पटक पुस ५ गते गौरमा आन्दोलनका क्रममा कक्षा १० मा अध्ययनरत शेख तबरेज आलमको मृत्युले स्तब्ध बनाएको समितिको भनाइ छ ।
प्रकाशित मिति :२०७२ पुस ९ गते विहिवार
Comment Here!