राष्ट्रपतिमाथि भएको दुर्व्यवहार असभ्यः सुजाता कोइराला


प्रकाशित मिति :2015-12-24 14:28:35

महिला खबर
काठमाडौं, पुस ९ । नेपाली कांग्रेसका नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सुजाता कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा गरिएको व्यवहार असभ्य र सामन्ती सोचको उपज भएको बताउनुभएको छ । यहाँले कोइरालाले आज विज्ञप्ति जारी गर्दै घटनामा संलग्न भएका राजनीतिक नेता वा जो कोही भए पनि दोषीलाई कानुनी दायरामा ल्याई कडा  सजाय दिन सरकारसँग माग गर्दै घट्नाको निन्दा र भत्र्सना गर्नुभएको छ ।

12373367_389605634541713_5285192228002690495_nजारी विज्ञप्तिमा भनिएको छ ‘जनकपुरको घटनालाई सबै नेपाली महिलाले आफूप्रति गरिएको अपमानका रुपमा बुझेका छन् ।  नेपाली कांग्रेस यस घट्नाको निन्दा र भर्त्सना गर्दछ ।’

विवाह पञ्चमीका अवसरमा जानकी मन्दिरमा दर्शन गर्नु जानुभएकी भण्डारीलाई आन्दोलनरत मधेशी मोर्चाका  कार्यकर्ताहरूबाट भएको अपमानजनक गाली गलौज, असभ्य व्यवहार र उहाँ फर्केपछि शुद्धिकरणका नाममा गरिएको कर्म सभ्य समाजलाई नसुहाउने भन्दै नेता कोइरालाले भविष्यमा यस्ता असभ्य कर्म कतैबाट नदोहोरियोस् भन्ने कामना गरेको बताउनुभएको छ ।

नेपालको पहिलो महिला राष्ट्रपतिमा हालै जनकपुरको जानकी मन्दिरमा गरिएको दुर्व्यवहार र लान्छनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति :२०७२ पुस ९ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: