सर्लाहीमा महिला, बालबालिका कार्यालयमा आक्रमण भएकोमा मन्त्रालयद्वारा निन्दा
महिला खबर
काठमाडौं, पुस ९ । सर्लाहीमा महिला, बालबालिका कार्यालयमा तोडफोड हुनु निन्दनीय कार्य भएको बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी सर्लाही जिल्लाको सदरमुकाम मङ्गवास्थित महिला, बालबालिकालगायत अन्य सरकारी कार्यालय तोडफोड गर्नु निन्दनीय भएको जनाएको हो ।
सोमबार सर्लाहीको केही सरकारी कार्यालयको भवनमा केही व्यक्तिबाट आगजनी, तोडफोडबाट भवनको क्षतिलगायत विभिन्न कार्यालयका सामानको हानी नोक्सानी भएको खबरबाट मन्त्रालय चिन्तित भएको छ’–मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको समुन्नति र उनीहरूको हकहित र अधिकारको संरक्षण र सम्बर्द्धनको दिशामा निरन्तर क्रियाशील कार्यालयमाथि निहीत स्वार्थबाट आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मितिः २०७२ पुस ९ गते बिहीवार
Comment Here!