४० सदस्यीय मन्त्रिमण्डलमा ५ जना महिला
महिला सहभागिताविना कसरी हुन्छ सामाजिक रुपान्तरणः महिला नेता
महिला खबर
काठमाडौं, पुस १०। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक विस्तार गरेको मन्त्रिमण्डलमा २ जना महिला राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्रीले बिहीवार गरेको मन्त्रिमण्डलमा नेकपा एमालेबाट नरदेवी पुन मगर र मञ्जुकुमारी चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो। यसअघि बिनाविभागीय मन्त्री रहनुभएकी शान्ता मानवीलाईपनि पशु विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। यो सहित वर्तमान ४० सदस्यीय मन्त्रिण्डलमा २ जना मन्त्री र ३ जना राज्यमन्त्री गरी जम्मा ५ जना महिला छन्।
यत्रोबिध्न ठुलो मन्त्रीमण्डलमा ५ जनामात्रै महिला हुनु अत्यन्तै असोभनीय भएको अधिकारकर्मी तथा गैरसरकारी संस्था महासंघका पुर्व अध्यक्ष शर्मिला कार्की बताउनुहुन्छ। अधिकारबादीहरूले भन्दै आएको र संविधानमा व्यवस्था भएको महिलाको ३३ प्रतिशत सहभागिताको मागको सम्मान नभएको उहाँको भनाई छ। उहाँ भन्नुहुन्छ ‘काम गर्ने ठाउँमा महिला सहभागिता हुनुपर्छ, राष्ट्रपति र सभामुख महिला छन् भनेर कार्यकारी पदमा नभएकालाई देखाएर पन्छिन मिल्दैन।’
यसैगरि अर्न्तपार्टी महिला सञ्जालकी अध्यक्ष तथा एनेकपा माओबादीका पोलिटव्युरो सदस्य शशी श्रेष्ठले यस्तो व्यवहारले नेताको समुन्नत र सामाजिक न्यायमा आधारित नेपाल निर्माण गर्ने कुरा भाषणमा मात्रै सिमित भएको प्रतिक्रिया दिनुभयो। उहाँले अहिलेको जटिल परिस्थितीमा मन्त्रिमण्डल विस्तारको कुनै औचित्य नभएको र बिस्तार गर्दापनि महिलालाई पाखा लगाएर गरिएको यो कामले नेताको मानसिकतामा कत्तिपनि परिवर्तन नभएको देखिएकाे उहाँको भनाई छ। उहाँले भन्नुभयो ‘महिला सहभागिताको कुरा पार्टी भित्र उठाउँदा राज्यमा खोज भन्ने, तर राज्यले महिला नदेख्ने,यस्तो व्यवहारले महिला सहभागिताबिना समाजिक न्याय र सामाजिक रुपान्तरण गर्छाै भन्ने नसोचे हुन्छ।’
प्रकाशित मितिः २०७२ पुस १० गते शुक्रवार
Comment Here!