महिला खबर
नेपालगन्ज पुस १० । बालविबाह रोकथामका लागि सरोकारवालाले एकीकृत कार्यक्रम बनाउनुपर्ने सरोकारवालाले बताएका छन् उनीहरूले बालविवाहविरुद्ध भएको लगानीको परिणाम सन्तोषजनक नभएको भन्दै कार्यक्रमले सार्थकता नपाएको बताए। बालविवाविरुद्धको रणनीतिक योजना तथा सुरक्षित सार्र्वजनिक स्थल सम्बन्धी कार्यशालामा सहभागिहरूले बालबिबाहका प्राविधिक कारणमात्र विश्लेषण गर्दा यसका व्यवहारिक कारण ओझेलमा परेको बताए।
सांस्कृतिक मुल्यमान्यता गरीबी तथा अशिक्षाका कारण बालविवाह बढेको भन्दै यस्ता मान्यताविरुद्ध अभियान चलाउनु पर्नेमा सरोकारवालाले जोड दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले बालविवाहका कारण बालिकाहरू बढि जोखिममा रहेको भन्दै सरोकारवाला सम्बेदनशील भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले बालविवाहका बारेका बालिका तथा किशोरीलाई बढि सचेत बनाउनुपर्नेमा जोड दिनुभयो।
युनिसेफका रामप्रसाद शर्माल बालविवाहका कारण किशोरी र बालिकाको स्वास्थ्यमा परेको नकारात्मक असरका बारेमा वकालत गर्न आवश्यक रहेकोे बताउनुभयो।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका बिन्दु कुँवरले बालविवाहका घटना धेरै हुने भएपनि अभिलेखमा थोरै देखिने भन्दै यसले कानुनी दायरामा ल्याउन नसकेको बताउनुभयो । उहाँले यो सबैको मुद्दा बन्न नसक्दा बालविवाले बढावा पाइरहेको उहाँको भनाइ थियो।
प्रकाशित मितिः २०७२ पुस १० गते शुक्रवार
Comment Here!