बालविबाहविरुद्धको लागानी सन्तोजनक भएन : सरोकारवाला


प्रकाशित मिति :2015-12-25 14:18:36

महिला खबर

नेपालगन्ज पुस १० । बालविबाह रोकथामका लागि सरोकारवालाले एकीकृत कार्यक्रम बनाउनुपर्ने सरोकारवालाले बताएका छन् उनीहरूले बालविवाहविरुद्ध भएको लगानीको परिणाम सन्तोषजनक नभएको भन्दै कार्यक्रमले सार्थकता नपाएको बताए।

बालविवाविरुद्धको रणनीतिक योजना तथा सुरक्षित सार्र्वजनिक स्थल सम्बन्धी कार्यशालामा सहभागिहरूले बालबिबाहका प्राविधिक कारणमात्र विश्लेषण गर्दा यसका व्यवहारिक कारण ओझेलमा परेको बताए। सांस्कृतिक मुल्यमान्यता गरीबी तथा अशिक्षाका कारण बालविवाह बढेको भन्दै यस्ता मान्यताविरुद्ध अभियान चलाउनु पर्नेमा सरोकारवालाले जोड दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले बालविवाहका कारण बालिकाहरू बढि जोखिममा रहेको भन्दै सरोकारवाला सम्बेदनशील भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले बालविवाहका बारेका बालिका तथा किशोरीलाई बढि सचेत बनाउनुपर्नेमा जोड दिनुभयो।

युनिसेफका रामप्रसाद शर्माल बालविवाहका कारण किशोरी र बालिकाको स्वास्थ्यमा परेको नकारात्मक असरका बारेमा वकालत गर्न आवश्यक रहेकोे बताउनुभयो।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका बिन्दु कुँवरले बालविवाहका घटना धेरै हुने भएपनि अभिलेखमा थोरै देखिने भन्दै यसले कानुनी दायरामा ल्याउन नसकेको बताउनुभयो । उहाँले यो सबैको मुद्दा बन्न नसक्दा बालविवाले बढावा पाइरहेको उहाँको भनाइ थियो।

प्रकाशित मितिः २०७२ पुस १० गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: