महिला खबर
बुटवल, पुस १२ । थोरै लगानी लगाए पुग्ने र छिटो जान पाइने भन्दै रुपन्देहीबाट भारतीय बाटो हुदै वैदेशिक रोजगारीमा जाने धेरै छन् । यसरी खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने धेरैले सोचे अनुसारको कमाई गर्न सकेका छैनन् । घर छोड्दाको पीडा र उता भोगेको सास्तीलाई अनुभूति गर्दै फर्केका धेरै महिलाले अहिले आत्मनिर्भर हुने काम गरेका छन् । केही फर्केका महिला स्वदेशमै पनि व्यवसायमा जम्न थालेका छन् । त्यस्ता तमाम महिला मध्येकी एक हुन् तिलोत्तमा १८ टिकुलीगढकी राधा पाण्डे । दुई पटक वैदेशिक रोजगारीमा गएर पनि सोचे अनुसारको कमाइ गर्न नसकेकी राधा अहिले स्वदेशमै व्यवसायमा जमेकी छिन् ।
टिकुलीगढको बनकट्टीमा व्युटीपार्लर तथा कस्मेटिक पसल खोलेकी राधा अब विदेश नजाने सोचमा छिन् । ‘व्यवसाय सुरू गरेपछि मेहनत गर्ने हो भने यही पनि केही गर्न सकिन्छ भन्ने आशा पलाएको छ ।’ उनले भनिन् ‘यसैले अब विदेशको सट्टा यतै बसेर केही गर्छु ।’ निशुल्क तालिम र व्यवसाय बारेको सीप पाएकाले पनि स्वदेशमै व्यवसाय गर्न हौसिएको उनले बताइन् र्। रकम त ऋण नै लिए पनि पाइदो रैछ । सबैभन्दा बढी सीप, व्यवसायीक योजना र आट रहेछ । त्यो सिकेपछि व्यवसायमा लागेकी हुँ ।’ राधाले भनिन् ।
राधा जस्तै वैदेशिक रोजगारीबाट फर्केकी करहीयाकी लक्ष्मी थापाले पनि व्यवसाय थालेकी छिन् । पसल खोलेपछि अब फेरि वैदेशिक रोजगारीमा जाने उनको मनशाय फेरिएको छ । बालबच्चा र परिवार छोडेर बाहिर जानुभन्दा गाउँघरमै चलाएको व्यवसाय भरपर्दो हुने उनले बताइन् । राधाले घरेलु तथा साना उद्योग कार्यालय र एबीसी नेपालको सहकार्यमा सञ्चालित व्युटीपार्लर तालिम लिएकी थिइन् । तालिमपछि १० हजार बीउ पुँजी लिएर उनले अहिले करहीयामै व्युटीपार्लर तथा कस्मेटीक पसल खोलेकी हुन् । सानो भएपनि चालुको व्यवसाय भएकाले आफू सन्तोष रहेको उनले बताइन् ।
वैदेशिक रोजगारीबाट फर्केका रुपन्देहीका धेरै महिलाले अहिले स्वदेशमै व्यवसाय चलाएका छन् । त्यस्ता १३ जनालाई कार्यमा स्वतन्त्रता परियोजनाले निशुल्क तालिम र १० हजार बीउ पुँजी दिएर व्यवसाय गर्न सघाएको छ । यसले गर्दा एकातिर घरपरिवारको रेखदेखलाई समय दिन भ्याएका छन् भने अर्कोतिर खाने गर्जो टार्नसमेत सकेका छन् । मधौलीयमा व्युटीपार्लरको काम गर्दै गरेकी ज्ञानी गुरुङले विदेशमा मेहनत गर्ने र पैसा चिन्ने अवसर पाएकाले पनि यहाँ आएर घर सम्हाल्दै र व्यवसायमा जुट्दै गर्न सकेको बताइन् । भनिन् ‘विदेश गएर पनि नीकै दुख गरेर मात्रै कमाउने हो । यहां बरुकम मेहनत गरे पनि कमाइ हुँदो रैछ । यसैले यतै आकर्षित भएकी हुँ ।’
कम पढाइ भएपनि पुग्ने, धेरै रकम नलाग्ने घरयासी कामकाजका लागि सीप नचाहीने भन्दै कुनै सीप र प्रशिक्षण वीना नै यहाँका महिला खाडी मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । यसले गर्दा उता गएर । नेपालबाट र स्वीकृति प्राप्त सस्थाबाट जादा धेरै रकम खर्च हुने भन्दै खाडी मूलुकमा जाने धेरै महिला भारतीय बाटो हुदै दलालमार्फत जाने गरेका छन् । त्यस्ता धेरै बाटोमै महिला वैदेशिक रोजगारीका नाममा बेचबिखनमा पर्ने, अवैध ओसारपसार हुने गरेका छन् ।
यसलाई रोक्न वैदेशीक रोजगारीमा जान लागेका र गएर फर्केका महिलाहरुलाई परामर्श गरी आयआर्जनका काममा लगाउन थालेको कार्यमा स्वतन्त्रता परियोजनाका जिल्ला संयोजक माधव विष्टले बताए । यसबाट एकातिर महिलाहरुले घरपरिवारको रेखदेखसंगै आयआर्जन गर्न पाएका छन् भने अर्कोतिर दलालको फन्दामा पर्ने र बेचीने क्रम कम भएको उनले जनाए । भर्ने यो सिकाइले सीप र व्यवसायीक आट दिने हो भने धेरै महिलाले विदेशको सट्टा स्वदेशमै रोजगार गर्ने र गएर फर्केका पनि पुन स्वरोजगारमा लाग्ने रहेछन् भन्ने भएको छ ।’रुपन्देहीको टिकुलीगढ बनकट्टीमा आफ्नो व्युटीपार्लर तथा कस्मेटिक पसलमा काम गर्दै राधा पाण्डे ।
प्रकाशित मिति २०७२ पुस १२ गते अाइतवार
तस्बिरः अमृता अनमोल
Comment Here!