बालविवाह गर्ने पक्राउ


प्रकाशित मिति :2015-12-27 14:19:56

रुपा गहतराज

पुस, १२ । नेपालगञ्जमा बालविवाहका बारेमा दिनहुँ जसो सरोकरवाला बिच अन्र्तक्रिया चलिरहेका बेला १३ वर्षीया बालिकालाई जर्वजस्ती भगाएर विवाह गर्ने ४५ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

परियार थरकी बालिकालाई विवाह गर्ने नेपालगन्ज २६ बसुदेवपुरका ४५ वर्षीय घनश्याम पाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । पालले दुई महिना अघि स्थानीय जनता माविको कक्षा ८ मा अध्ययनरत ती बालिकालाई जर्वजस्ती भगाएर विवाह गरेका थिए । बालिका विवाह गरेको आरोपमा शनिवार इलाका प्रहरी कार्यालय कोहलपुरले उनलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले पालसंगै बालिकालाई पनि नियन्त्रणमा राखेको छ ।

बालिका आफन्तका अनुसार ४५ वर्षीय पालका घरमा पत्नि र चार छोराछोरी छन् । उनका जेठा सन्तान २१ वर्षका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीव बस्नेतले बालविवाह गर्ने पाल पक्राउ गरी नियन्त्रणमा राखिएको जानकारी दिनुभयो ।  बालविवाहका बारेमा अनुसन्धान भैरहेको बताउँदै उहाले कानुन बमोजिम आरोपितलाई कारवाही हुने बताउनुभयो ।

बालिकाका आफन्त अनुसार पालले विद्यालयमा पढ्न गएकी ती बालिकालाई बजार घुमाउने लोभमा भारतमा पुगेर विवाह गरेका थिए । बालिकाका आफन्त भने ‘प्रहरी र स्थानीय राजनैतिक दलबाट विवाह मिलाउनु पर्ने दवाव आएको बताएको छ ।’

प्रकाशित मिति २०७२ पुस १२ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: