सानो उमेरमा गर्भपतन : जोखिमै जोखिम


प्रकाशित मिति :2015-12-27 16:54:44

‘किशोरीहरू प्रलोभन, लहलहैमा वा बाध्यतामा यौन कार्यमा लाग्न सक्ने भएकोले हामीले उनीहरूलाई आफैं ‘नो’ भन्नसक्ने बनाउनुपर्छ।’

सुशिला बुढाथोकी

Sushila budhathokiकाठमाडौं। कलिलै उमेरमा यौनकार्यमा सक्रिय हुने र अनपेक्षित गर्भ बसेपछि गर्भपतन गर्ने किशोरीको संख्या नेपालमा धेरै छ। स्वास्थ्य सेवा विभागको अप्रकाशित एक वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७१/०७२ मा मात्रै बीस वर्षमुनिका १२ हजार २६ किशोरीले गर्भपतन गराएका छन्। यी मध्ये आधाभन्दा बढिले शल्यक्रिया गरेर गर्भपतन गराएका हुन्।

असुरक्षित गर्भपतनका कारण कतिपयले ज्यानै गुमाएका छन्। १९ मंसिरमा स्थानीय एक होटलमा मृत अवस्थामा भेटिएकी खोटाङ, बुइपा–४ की सुनिता राई (१५) एक उदाहरण हुन्। उनले चार महिना अघि गर्भपतन गर्न औषधी सेवन गरेकी थिइन्। गर्भपतनपछि अत्याधिक रक्तश्राव भएर उनको अवस्था जटिल बनेको थियो। रक्तश्रावस“गै दुवै मृगौला फेल भएपछि उनी सिकिस्त भइन्।

जिल्ला अस्पताल खोटाङले उनलाई त्रिवि शिक्षण अस्पताल काठमाडौं ‘रेफर’ गर्‍यो। तर, उपचार गर्न धेरै ढिलो भइसकेकोले उनले अकालमा ज्यान गुमाइन्। किशोर किशोरीको बढ्दो यौन सक्रियतास“गै गर्भपतन मात्रै होइन सानै उमेरमा विवाह गर्ने चलन पनि उल्लेखनीय रुपमा भइरहेका छन्। यसमाथि समाजले उनीहरूको यौन सम्बन्धलाई नभएर विवाहलाई मान्यता दिने हुनाले हतारमा बिहे गर्नुपर्ने बाध्यता छ। यसले उनीहरुको भविष्य नै अन्धकारमय बनाइरहेको छ। परिणाम किशोरीहरू अपरिपक्व उमेरमै आमा बन्छन् र परिवार स्यार्हानुपर्ने जिम्मेवारी बोक्न बाध्य हुन्छन्।

एउटा उदाहरण हुन् धादिङ, गजुरी–५ कि १५ वर्षीया किशोरी ललिता भण्डारी। उनले ७ मंसिर ०७२ मा सामान्य शल्यक्रियापछि छोरालाई जन्म दिइन्। तीन वर्ष उमेर बढाएर परोपकार प्रसूति गृहमा भर्ना भएकी भण्डारी बच्चा जन्माएपछि निकै कमजोर देखिएकी थिइन्।
अर्को उदाहरण छ रुकुमको।

गतवर्षको एसएलसी परिक्षामा सहभागी रुकुमको राप्ती ज्ञानोदय उच्च माविकी एक परिक्षार्थीले परिक्षा दिने क्रममा नै छोरी जन्माइन्। किशोरीले स्कुलमै बच्चा जन्माएको भन्दा पनि उनी अविवाहित रहेको कुराले समाजमा बढी चर्चा पाएको थियो। स्वास्थ्यकर्मीका अनुसार बीस वर्षभन्दा कम उमेरमा यौनमा सक्रिय रह“दा गर्भ बस्ने संभावना धेरै हुन्छ।

यस्तो सर्म्पकले पाठेघरको विभिन्न खाले संक्रमण, पाठेघर झर्ने समस्या, पिसाब बगिरहने तथा अन्य यौनरोग संक्रमण हुने खतरा रहन्छ। परोपकार प्रसूति अस्पतालका निर्देशक प्राध्यापक डा. जागेश्वर गौतम सानै उमेरमा किशोरीहरू यौनमा सक्रिय रहँदा शारिरीक रुपमा मात्र नभै उनीहरू मानसिक रुपमा समेत प्रभावित हुने बताउँछन्। सामाजिक संरचना अनुसार छोरीलाई बढी जिम्मेवारी हुनेे हुँदा सानै उमेरमा आमा पनि बन्नुपर्दा अनेक चूनौति आइपर्ने उनको भनाई छ।

डा. गौतम भन्छन्, ‘एउटा निश्चित उमेर पढ्ने र व्यक्तित्व विकासका लागि हुन्छ। तर सानै उमेरमा प्रेमी बनाउने वा यौनमा सक्रिय हुने हो भने उसको भविष्य बर्बाद हुनसक्छ्। अनपेक्षित गर्भ बस्ने, बच्चा जन्मिएपनि राम्रोसँग अंगको विकास नहुने र भविष्यमा उनका छोरीहरूले पनि उसकै सिको गर्ने सम्भावना रहन्छ। यसको परिणाम एउटी महिला ३० वर्ष पुग्दा नपुग्दै हजुरआमा बन्न पुग्छिन्।’

विभिन्न अध्ययनले धेरै चासोका कारण किशोर किशोरीमा जोखिमपूर्ण यौन व्यवहार बढ्दै गएको देखाएको छ। सन् २०१०/११ मा स्वास्थ्य मन्त्रालयले १५ देखि १९ वर्ष उमेर समूहका २ हजार २ सय ९८ किशोर तथा ३ हजार ५ सय ३१ किशोरी बीच सर्वेक्षण गरेको थियो। यस मध्ये धेरैजसो असुरक्षित यौनकार्यमा संलग्न भएको देखिएको थियो। यो अध्ययनले जति उमेर बढ्दै गयो किशोर किशोरी र युवाको पढाइमा रुचि कम हुँदै गएको पनि देखाएको थियो।

शिक्षाविद डा.विद्यानाथ कोइराला किशोर किशोरी अन्धाधुन्ध यौनमा सक्रिय हुनुमा यौन शिक्षाको कमी मात्र नभएको बताउ“छन्। उनको भनाइमा अहिले यौनसम्बन्धलाई बढावा दिने खालका कुराहरू जताततै आइरहेका छन्, तर विकल्प केही छैन। उनी भन्छन्, ‘जस्तो कि, गर्भ बसे यो गरे भैहाल्यो, गर्भ रोक्न यो खाए भइहाल्यो भन्ने खालका विज्ञापन हरेक दिन पढ्न र सुन्न पाइन्छ, यसले किशोर–किशोरीको मनोविज्ञान परिवर्तन गर्दछ। उनीहरुले गर्भबस्नु वा फाल्नुलाई सामान्य मान्नु यस्तै कारणले गर्दा हो।’

किशोरावस्थाको शुरुको अवस्था १०–१४ वर्ष र अन्तिमको १५– १९ वर्षको उमेर अत्यन्त संवेदनशील मानिन्छ। यो उमेरमा सिकेको कुरा जीवनपर्यन्त मान्यता बन्ने हुनाले पनि यसलाई खास उमेर मानिएको हो। तर, यो उमेरका किशोरकिशोरीलाई समाजमा अचाक्ली बढीरहेको यौन विकृति, बाबुआमाको खराब सम्बन्ध, विवाहेत्तर सम्बन्ध, सम्बन्ध विच्छेद, आफूभन्दा ठुलाको ‘टाइमपास लभ’ र ‘सेक्स’ आदिको प्रभाव प्रत्यक्ष/अप्रत्यक्ष रुपमा परेको देखिन्छ।

नेपाली समाजमा छ्याप्छ्याप्ती उपलब्ध यौन सामग्री किशोर किशोरीको हातमा सजिलै पुगिरहेका छन्। आधुनिक सञ्चारले मोबाइलमै यौनजन्य सामग्री उपलब्ध हुन थालेका छन्। ‘आफूलाई मन लागे जो स“ग पनि सम्बन्ध राख्न सकिन्छ’ भन्ने प्रचारवाजीले अपरिपक्व उमेरमै किशोर किशोरी प्रेम, रोमान्स र सम्बन्धलाई भन्दा यौनलाई सर्वोपरि मान्न थालेका देखिन्छन्। विदेशी फिल्म, संगीत र संस्कृतिबाट अत्याधिक प्रभावित यो पुस्ताले प्रेम, रोमान्स र यौनसम्बन्धलाई स्क्रीनमा देखिएझैं सहज ठान्न थालेको छ।

नेपाली समाजमा पश्चिमा मुलुकमा झैं ‘मेरो शरिर मेरो अधिकार’ भन्ने मान्यताले प्राथमिकता पाउँदै गएको छ। अधिकारका रुपमा यो सर्वस्वीकार्य भएपनि व्यवहारमा यसको दुरुपयोग बढ्दो छ। किशोरीहरूमा पनि यौन, प्रजनन स्वास्थ्यबारे ज्ञान नहुने, तर शरिरको अधिकार बारेमा मात्रै बुझ्दा यो गलत काम भइरहेको छ।

अधिकारकर्मी तथा चिकित्सक डा. अरुणा उप्रेतीका बिचारमा, शरिरको अधिकारस“गै शरिरप्रतिको जिम्मेवारी पनि हुने कुरा किशोरीलाई ज्ञान नहुनु एउटा खट्किएको बिषय भएको छ। त्यसको दुरुपयोग हुँदा असुरक्षित यौनसम्बन्ध र गर्भपतन गर्ने धेरै देखिएको उनको भनाइ छ। डा. उप्रेती भन्छिन्, ‘मेरो शरिर मेरो अधिकार भन्ने कुराले महिलालाई प्रजनन अधिकार, यौनसाथीको छनौट र यौनसम्बन्धमा महिलाको स्वतन्त्रताको बयान गर्छ। तर, अधिकारस“गै जिम्मेवारी पनि छन् भन्ने कुरा अधिकांश युवतीहरूले भुलेका छन्।’

उनका भनाइमा, ‘आजकल शहरमा मात्र होइन, गाउ“घरमा समेत कम उमेरमै यौनमा सक्रिय हुने, गर्भपतन गर्नेहरू धेरै भेटिन्छन्। यो दुरुपयोग हो।’
यौनलाई सामाजिक वहसमा लानुको साटो बन्देज गर्ने तर भित्रभित्रै चाँही गर्भपतन गरेपनि हुने साँघुरो सोचका कारण नयाँ पिंढीले मार्गदर्शन नपाएको प्रा. डा. कोइरालाको अनुभव छ। उनी भन्छन्, ‘यौनलाई बर्जित होइन आत्मसात नगरी उपायै छैन। यसको लागि सर्वप्रथम हामीले किशोरीहरूलाई के गर्नु हुन्छ, के गर्नु हुन्न भनेर सिकाउनुपर्छ।’

डा. कोइरालाको सुझाव छ, ‘किशोरीहरू प्रलोभन, लहलहैमा वा बाध्यतामा यौनमा पर्न सक्ने भएकोले हामीले उनीहरूलाई आफैंले ‘नो’ भन्नसक्ने गरि सक्षम बनाउनुपर्छ।’

(गोपनीयताको कारण यस आलेखमा उल्लेख गरिएको विवाहित किशोरीको नाम परिवर्तन गरिएको छ )

प्रकाशित मितिः २०७२ पुस १२ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: